हामीसँग जोडिनुहोस

सहकारीको काम उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

1 मिनेट

काठमाडौं, पुस २० गते ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको आज उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङले सहकारीलाई अनुशासित बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले केही सहकारी अत्यन्त अनुशासित ढङ्गले सहकारीको उद्देश्य पूरा गरे पनि केही सहकारीहरु सामन्त प्रवृत्ति देखिएको बताउनुभयो । पछिल्लो समय यस्ता अनुशासनहिन र जनताको परिश्रम शोषण गर्ने सहकारीप्रति सरकारले खबरदारी गर्दै आएको छ ।

जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारवाहिको दायरामा ल्याउने, बचतकर्ताको बचत फिर्ता गराउने, अधिकार सम्पन्न सहकारी नियमन प्राधिकरण बनाउने, सहकारी संरक्षण कोष खडा गर्ने लगायतका सहकारीसम्बन्धी सरकारको योजना रहेको मन्त्री गुरुङले बताउनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।