हामीसँग जोडिनुहोस

प्रथम वागमति प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु, विजेतालाई रु. ५० हजार पुरस्कार

4 मिनेट

भक्तपुर, २० पुस : नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ ।

आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको संघीय सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभयो ।
राजनीतिले निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्न सके मात्रै देश बन्छ भन्दै उहाँले कक्षा १२ सकिने बित्तिकै युवा पंक्ति विदशिने र देशका अशक्त, बुडापाकामात्रै रहने अबस्था आउने खतडा बढेकाले देशको राजनीति सुधार गरेर जानु पर्ने बताउनुभयो ।

स्थानीय सरकारको कप्रभावकारी कामले सिंहदरबारले सिक्न सक्ने अबस्था बनाउनु पर्ने भन्दै सुवालले परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरि नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वागमपति प्रदेशमै पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउदै यसले बागमती प्रदेश भरी नै धिमे बाजाको संरक्षण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले एकवर्षभरि आयोजना गर्न लागेको नगरकोट महोत्सव–२०८२ को प्रचारप्रसार एवं धिमे बाजाको सरक्षण गर्ने उदेश्यले आज यो प्रतियोगिताको आयोजना गरेका हौ । यसले समग्र चाँगुनारायणको पर्यटन एवं आर्थिक बिकासमा टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ ।”

प्रतियोगितमा प्रथम हुनेलाई नगद रु. ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने बताउदै नगर प्रमुख खत्रीले द्वितीय हुनेलाई रु. २५ हजार सहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान, सिछ्या एक थान र तृतीय हुनेलाई नगद रु. १० हजार सहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान प्रदान गरिने बताउनभयो ।

सान्त्वना हुनेलाई रु. पाँचहजार सहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमय् बाजा एक थान, उत्कृष्ट छैठौ देखि १० औं स्थानसम्म भुछ्या एक–एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने भएको छ । वागमति प्रदेश भित्रका भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायतका बिभिन्न जिल्लाका बिभिन्न पालिकाहरु गरि कूल ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिता आयोजना गरेको चानपा–९ ताथलीका वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले बताउनुभयो । उहाँले नगरभित्रका १ देखि ९ वडासम्मका धार्मिक, ऐतिहासिक सम्पदाको अबस्थाबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा इतिहास् एवं संस्कृतिविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गम स्थल चाँगुनारायणनै रहेको चर्चा गर्दै यहाँ भित्र रहेका अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदाहरु मध्ये उत्खनने भएकाहरुको संरक्षण गर्नुपर्ने र कतिपयको उत्खनन् गर्नुपर्ने अबस्था रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय घरेलु उत्पादनको प्रर्दशन समेत गरिएको थियो । कार्यक्रम स्थलमा राखिएको २० वटा स्टलमा नेवारी परिकार, खाद्या परिकार, हाते बुनाई, हस्त कलाका सामग्री, माटोको मर्तिकलालगायतका बिभिन्न सामग्रीहरु प्रर्दशन एवं बिक्री समेत गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।