
काठमाडौं, पुस २० गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ।
शनिवारबाट काठमाडौँमा शुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो। बैठक आजबाट शुरु भएको र आइतवारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले बताए। उनका अनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ।
साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरूबाट आक्रमण भएको (प्रतिशोध साँधिएको) बारेमा पनि छलफल हुने बताइएको छ। जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउनेबारे पनि छलफल हुने बताए। संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुने बताए।