हामीसँग जोडिनुहोस

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा नगद रु. ५० हजार पुरस्कार हात पार्दै विजेता बन्यो ‘ताथली धिमे खल’

3 मिनेट

भक्तपुर, २१ पुस : चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिताको ‘ताथली धिमे खल’ले विजेता बनेको छ ।
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले वडा नं. ९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु. ५० हजारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या पाप्त गरेको हो ।

प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको ‘तैकाभु गणेश सांस्कृतिक समूह’ले नगद रु २५ हजार सहित शिल्ड प्रमाण पत्र, धिमय् बाजा , भुछ्या, शिछ्या एक थान पुरस्कारको रूपमा प्राप्त गरेको छ ।

भक्तपुर नगरपालिकाको ‘नियो भिजन बाजा समूह’ले तेश्रो हुदै नगद रु. १० हजारसहित शिल्ड पुरस्कार, धिमय् बाजा, भुछ्या एक थान प्राप्त गरेको छ ।
चौथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार भने काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु. पाँच हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमय् बाजा प्राप्त गरेको छ ।

त्यस्तै पाँचौ स्थानमा काभ्रेपलाञ्चोकको बनेपास्थित ‘वान्ख्यो दाफा भजन खलः, छैठौंमा काभ्रेपलाञ्चोक पनौतीको ‘लायकु धिमे खलः, सातौमा मध्यपुरथिमिका ‘शिवा सायमी खलः’, आठौँमा ललितपुरको लुभुस्थित ‘तलेजु बाजा खलः’, नवौमा काठमाडौंको ‘बालकुमारी धिमे खलः’ र दशौँ स्थानमा ताथली सौडोलस्थित.‘सौडोल साँस्कृतिक बाजा खल’, सहित उत्कृष्ठ दशौँ स्थानमा परेको छ ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापाले विजयी टिमहरुलाई पुरस्कार प्रदान गर्नुभयो । उहाँले नगरपालिकाले २०८२ साल बैशाखदेखि सञ्चालन गर्न लागेको नगरकोट भ्रमण वर्ष सफला पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो ।

यस प्रतियोगिताले यहाँको पर्यटन बिकासमा टेवा पुग्ने बताउदै उहाँले नगरपालिकालाई पर्यटकीय नगरको रूपमा स्थापित गर्नका लागि यो प्रतियोगिता कोषे ढुगाको रूपमा प्रस्तुत भएको भन्दै नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा सिंगो नगरपालिकालाई उजागर गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले ऐतिहासिक कार्य सम्पन्न गरेका बताउदै प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न सफल भएको बताउनुभयो । वडावासी र सबैको सहयोगले देशकै नमूनाका रुपमा वागमति प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, ‘नगरकोट भ्रमण वर्ष २०८२ लाई यसैगरि सफल पार्न र देश विदेशमा चाँगुनारायणको र्यटकीय सम्पदामय परिचयलाई स्थापित गर्दै पर्यटीय विकास गर्ने कार्यमा साथ र सहयोग दन म सबै वडावासी नगरवासी र सबैमा आव्हान गर्दछु ।’ उहाँले २०८२ बैशाखदेखि वर्षदिनभरि नै आयोजना हुने नगरकोट भ्रमण वर्ष–२०८२ प्रत्येक नगरवासीको घरघरमा, टोलटोलमा, गाउँ गाउँमा, वडावडामा भमणवर्षमय हुने भएकाले यसैगरि सफल पार्न नगरवासीलाई आव्हान गर्नुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता जनक खत्रीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्ववाद व्यक्त गर्नुभयो । प्रतियोगितामा वागमपति प्रदेश भित्रका भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायतका बिभिन्न जिल्लाका बिभिन्न पालिकाहरु गरि कूल ५५ वटा समूहले प्रतियोगितामा सहभागिता रहेको वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिनुभयो ।

यसअघि प्रतियागिताको भक्तपुर क्षेत्र नं. १ का सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो । चाँगुनारायण नगरपालकिा वडा नं २ का वडा अध्यक्ष सोम प्रधान, ५ का जयन्द्र खड्का, वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री, वडा नं। ९ का वडा अध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश त्यात लगायतले पुरस्कार वतिरण गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।