हामीसँग जोडिनुहोस

रवि लामिछानेलाई छुटाउन आज सोविता गौतमले बहस गर्ने

1 मिनेट

काठमाडौं,२२ पुष।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्। सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्। यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ ।

उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीका श्रेस्तेदार राजन खनालले बताए। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्।

लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ। त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन्।

वकालतनामा गरेका वकिलको संख्या धेरै हुँदा आदेश आउन अझै केही दिन लाग्ने देखिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।