हामीसँग जोडिनुहोस

जंगली वन्यजन्तुको आक्रमणबाट पछिल्लो ५ महिनामा मा ८३ जनाको

1 मिनेट
A Royal Bengal Tiger, also known as Pate Bagh, spotted at Suklaphanta National Park in Kanchanpur district, on Tuesday, March 05, 2019. Photo: RSS

काठमाडौं,२२ पुष।

जंगली वन्यजन्तुको आक्रमणबाट पछिल्लो ५ महिनामा मा ८३ जनाको ज्यान गएको छ।चालु आर्थिक वर्षको ५ महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाएको ज्यान गएको  नेपाल प्रहरीको तथ्यांक छ । यो अवधिमा ५ सय ९९ जना घाइते भएका छन्।

यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन्।

सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन्। २३६ जनाको प्रहरीले उद्धार गरेको छ।

त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। ११ जनाको प्रहरीले उद्धार गरेको छ।

त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। ४ जनाको प्रहरीले उद्धार गरेको छ। भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।