हामीसँग जोडिनुहोस

पत्रकार महासंघको २८ औं स्थापना दिवस, भक्तपुरलाई एउटा मन्त्री चाहिएको छ, पत्रकारले यसबारे लेख्नुपर्छ : सांसद थापा

2 मिनेट
भक्तपुर, २३ पुस : प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले भक्तपुरलाई एउटा संघीय मन्त्री चाहिएकोबारेमा सकारात्मक समाचार बनाउन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।
भक्तपुरलाई एउटा मन्त्री दिनु पर्ने आवाज यहाँका पत्रकारले उठाउनु पर्ने बताउदै सांसद थापाले भन्नुभयो, “चुनाब अगाडि पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई चुनाब जिताउनुुस् मन्त्री बनाउछौँ भन्नु भएको थियो, खै अहिलेसम्म छैन, तपाईहरु समाचार लेख्नुस् न भक्तपुुरलाई मन्त्री चाहियो भनेर ।”
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको आज २८ औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले जगन्नाथ आचार्य पछि भक्तपुरमा नेपाली काँग्रेसले मन्त्री नपाएको सन्दर्भ कोट्याउदै उहाँले भक्तपुरलाई एउटा मन्त्री चाहिएको कुरा पत्रकारले लेखिदनु पर्ने बताउनु भएको हो । त्यसो त गत निर्वाचनमा मध्यपुरथिमिमा पार्टी सभापति शेरबहादुर देउवाले थापालाई चुनाब जिताएमा मन्त्री बनाउने बचन जिल्लाका कार्यकर्ता माझ दिनुभएको थियो । त्यसपछि भक्तपुरमा मन्त्री पाउनका लागि पार्टीले पहल गर्दै आएको छ ।
उहाँले पत्रकारले नकारात्मक मात्रै नभई सकारात्मक सन्देश दिने समाचार खोज्नु पर्ने औल्याउनभयो । उहाँले भन्नुभयो, “देशमा केही भएकै छैन, देश सिद्धियो, सबै खत्तम भयो, दलहरुले सबै बिगारे भन्ने जस्ता नकारात्मक सन्देश जाने समाचार होइन, आम जनतामा आशा छर्ने भरोसा दिने सकारात्मक समाचारहरु पनि ल्याउनुस् ।”
प्रजातन्त्र आएपछि देश धरै विकास भएको भन्दै उहाँले चौतर्फी भएका बिकासका कामहरु, आथिएक उन्नतीका कामहरु जति पनि भएका छन् त्यसलाई उजागर गरेर सबैमा आशा र भरोसा जगाउने समाचारमा पत्रकारको ध्यान जानु पर्ने बताउनुभयो ।
उहाँले महासंघको हालै सम्पन्न निर्वाचनलाई हेर्दा पत्रकारहरु फुटे भन्ने लागेपनि आजको कार्यक्रममा सबैको उपस्थिति देख्दा पत्रकारहरु एक भएर अगाडि बढ्ने संकेत पाएको भन्दै फुटेर नभई जुटेर पत्रकारितामा लाग्न आग्रह गर्नुभयो । सांसद थापाले पत्रकार महासंघको भक्तपुरमा भवन बन्नु पर्न बताउदै भवन निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने र आवश्यक अन्य सहयोग पनि गर्न आफू तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, काठमाडौ पत्रकार महासंघका अध्यक्ष शोभा अर्याल, ललितपुर पत्रकार महासंघका अध्यक्ष रामहरी कार्की, वरिष्ठ पत्रकार कबिर राणा, उपाध्यक्ष हेमराज ढकाल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रोशन शिल्पकार, प्रेस चौतारी उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला अध्यक्ष मदन ढुङ्गाना लगायतले पत्रकार महासंघको निर्वाचनमा भएको हातजितलाइ सबैले स्वीकारेर पत्रकार एक भएर कर्मक्षेत्रमा लाग्नु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति सुन्दर शिल्पकारले भक्तपुर पत्रकार महासंघ पत्रकारको हक, हित र अधिकारको सवारमा एक रहने बताउदै पत्रकार महासंघको भवन निर्माणको जिम्मेवारी पुरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।