हामीसँग जोडिनुहोस

पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन एमालेकाे आग्रह

1 मिनेट

पुष २३,काठमाण्डाै ।

नेकपा एमालेले पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ । अस्ति आइतवारदेखि शुरू भएर आज सकिएकाे एमालेको केन्द्रीय समितिको बैठकले यस्ताे आग्रह गरेकाे हाे ।

एमाले विभाजन भएपछि लामो समयसम्म पार्टी र अध्यक्ष केपी शर्मा ओलीकाे तर्फबाट पार्टी छाडेकाहरूलाई फर्केर आउन आग्रहसमेत भएकाे थिएन । तर यस पटक भने केन्द्रीय समितिको बैठकले नै देशमा समृद्धि ल्याउने शक्ति एमाले मात्रै भएको भन्दै पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्केर सक्रिय हुन आह्वान गरेको छ ।

एमालेको बैठकमा खिमलाल देवकोटा, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, रचना खड्कालगायतका नेताहरूले पार्टीमा फरक मत राखेकै आधारमा नेता/कार्यकर्तालाई कारबाही गर्ने नहुने बताएका छन् । तर अध्यक्ष ओलीले भने स्वतन्त्रताका नाममा पार्टीलाई बद्नाम गराएर कमजोर बनाउने कुरा सह्य नभएको जवाफ दिनुभएको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।