हामीसँग जोडिनुहोस

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता

1 मिनेट

२५ पुष,काठमाण्डौ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

यसअघि प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा पनि मुद्दा दायर भएको थियो । त्यस कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।

प्रसाईसहित पाँचथर घर भई झापाको मेचिनगर १३ चारआली बस्ने नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई ६ घर भई झापाको बिर्तामोड बस्ने रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए ।

प्रसाईं र फुयालबीच पैसा लेनदेनको विषयमा कुराकानी भएको पनि प्रमाण फेला परेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।