
२५ पुष,काठमाण्डौ।
अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको छ। मृतक ६५ वर्ष भन्दा माथिको रहेको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ।
‘लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ’,लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो विरामी लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीपी) का अनुसार अमेरिकामा बर्ड फ्लुका कुल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ।
अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वासिङ्टन, विस्कन्सिन र टेक्सास रहेका छन् ।
लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच ५ एन१ बर्ड फ्लूको पहिलो केस थियो।






