हामीसँग जोडिनुहोस

क्यानडा‚ ग्रिनल्याण्ड र पानामा नहर कब्जामा लिने राष्ट्रपति ट्रम्पको चेतावनी

1 मिनेट

वासिङटन ,२५ पुष।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा‚ ग्रिनल्याण्ड र पानामा नहर कब्जामा लिने चेतावनी दिएका छन्।अमेरिकाको राष्ट्रिय सुरक्षामा यी देश र भूमि महत्त्वपूर्ण भएको ट्रम्पको भनाइ छ। ग्रिनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो।

ट्रम्पले अमेरिका र क्यानडाको जोडिएको सीमालाई कृत्रिम रूपमा खिचिएको रेखा भनेका छन्। ग्रिनल्याण्ड र पानामा नहर कब्जामा लिन सैन्य वा आर्थिक बल लगाउनु हुन्छ कि हुन्न भनेर सोधिएको प्रश्नमा उनले उक्त जवाफ दिएका थिए।

फ्लोरिडामा रहेको मार–अ–लागो होटलमा पत्रकार सम्मेलनमा क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। ट्रम्पको अभिव्यक्तिसँगै क्यानडा‚ डेनमार्क र पानामा दुवैले आफ्नो भूभाग त्याग्ने सङ्केत अस्वीकार गरेका छन्। यसैगरी मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने पनि ट्रम्पले घोषणा गरेका छन्।

ग्रिनल्याण्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिसँगै जर्मनीले त्यसो नगर्न ट्रम्पलाई भनेको छ। जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले ‘सीमाहरू बलपूर्वक सार्न पाइँदैन’ भन्दै टिप्पणी गरेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।