हामीसँग जोडिनुहोस

रवि लामिछानेको मुद्दामा आज जवाफी बहस सकिने

1 मिनेट

काठमाडौं,२५ पुष ।

 सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जवाफी बहस सक्ने तयारी गरेको छ।

सरकारी वकिलको कार्यालयको तर्फबाट समयमै बहस सकिए बिहीबार नै थुनछेक आदेश आउने सम्भावना रहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिए।

यसअघि बुधबार सबै प्रतिवादीतर्फको थुनछेक बहस सकिएपछि जाहेरवाला पक्षको जवाफी बहस पनि सकिएको थियो। गएको १६ गते सरकारी वकिलको कार्यालयका तर्फबाट थुनछेक बहस शुरु भएको थियो। रास्वपाका सभापति एव‌ पूर्वगृहमन्त्री लामिछानेसहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनालको थुनछेक बहस भइरहेको हो।

बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि मुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

थुनछेक आदेशको समय आएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।