हामीसँग जोडिनुहोस

सम्यक दान पर्वको तयारी पुरा, ३५० वर्ष पुरोना सम्यक दान पर्वमा दुईहजार भिक्षुलाई महादान गरिने

2 मिनेट

-रमेश गिरी

भक्तपुर, २७ पुस । वौद्ध धर्मावलम्बीहरुले ३५० वर्ष अघि अर्थात नेपाल सम्बत ७८७ साल भन्दा अघिबाट प्रत्येक वर्ष माघ १ गते मनाउदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ मा यसवर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ ।

आज सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वमा दुईहजार जनालाई महादन गर्ने तयारी गरेको बताउनुभयो ।

पाँच दिपकंर बुद्धका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत बिभिन्न परिकारहरु दान दिने र पाँच दिपंकरको परिक्रमा गराई पूजा समेत दिएर मनाइने छ ।

भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको उहाँले बताउनुभयो ।
उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास उल्लेख छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिईने प्रचलन रहेको समितिका सल्लाहकार सप्तचन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

यसवर्ष सम्यक दान पर्व मनाउने पालो सप्तचन्द्र बज्राचार्यलगायतको परिवकारको रहेकाले जयकीर्ति महाविहारमा एकसाता अघिदेखि नै बसोबास गरी पर्वको लागि आवश्इक पर्ने विशेष प्रकारको पुरी, लड्डू लगायतका अन्य सामग्रीहरुको व्यबस्थापन गर्न व्यस्त रहेको समितिका राजुमन बज्राचार्यले बताउनुभयो ।

यसवर्ष पर्व अबलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान गर्दै सोही अनुरुप तयारी भइरहेको उहाँले बताउनुभयो । सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा रहेको रबिचन्द्र बज्राचार्यले बताउनुभयो ।

त्यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, भौरबही दिपंकर, ययुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । यसैगरि क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु र लामबद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।