भक्तपुर, २७ पुस । सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको २० औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशसभा पूर्व सदस्य एवं भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापाले साधारण सभाको उद्घाटन गर्दै आपूm तत्कालीन सिरुटार गाविसको अध्यक्ष रहेको समयमा स्थापना भएको सिरु बौद्धिक समाज ३० वर्ष पूरा गरिसकेको संस्थाले स्थानीय विकासमा स्थानीय निकायलाई समेत मद्दत पु¥याएको स्मरण गर्नुभयो ।
उहाँले संस्थाको स्मारिका प्रकाशनबाट उठेको रकमले विद्यालय स्तरोन्नती, शिक्षक व्यवस्था, स्वास्थ्य चौकीको भौतिक पूर्वाधार निर्माणमा सेवा, नियमित विशेषज्ञ डक्टरबाट सेवा उपलव्ध गराउने कार्यमा पु¥याएको योगदानको चर्चा गर्दै संस्थालाई अझ सक्रिय र कार्यक्षेत्र विस्तारको लागि सुझाव दिनु भएको थियो ।
कार्यक्रममा लोक सेवा आयोगका सह–सचिव शिवराम न्यौपानेले लोक सेवा प्रति युवा वर्गलाई प्रोत्साहित गर्न सिरु बौद्धिक समाजलाई सक्रिय बनाउनु पर्ने औल्याउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं.१ का वडाअध्यक्ष सानुकाजी कायस्थले तत्कालीन सिरुटार गाविस हाल सूर्यविनायक नगरपालिका वडा नं.१ को शैक्षिक, स्वास्थ तथा सामाजिक विकासमा सिरु बौद्धिक समाजले पु¥याएको योगदानको चर्चा गर्दै सिरु बौद्धिक समाजलाई अझ सक्रिय र समाज विकासमा लाग्न वडा तथा नगरस्तरबाट आर्थिक टेवा पु¥याउने क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।
साधारणसभाका सभापति एवं समाजका अध्यक्ष विष्णुकाजी थापाले आफ्नो कार्यकालमा सिरु स्मारिका ११ औं अंक प्रकाशन गरी संस्थाको आर्थिक अवस्था उजागर गर्न मद्दत पु¥याउनुका साथै सिरु बौद्धिक समाजका विधानको पहिलो संशोधन समेत गरेको बताउनु भयो । सस्थालाई मजबुत र आर्थिक समुन्नत गर्नको लागि सिरु बौद्धिक समाजको एउटा स्थायी आर्थिक कोषको रुपमा अक्षय कोष स्थापनको लागि उक्त साधारण सभामा उपस्थित समाजका पदाधिकारी, आजीवन सदस्य तथा साधारण सदस्यहरुले आर्थिक सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।
समाजका उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नातिकाजी बस्नेतले आर्थिक प्रतिवेदन, प्रस्तुत गर्नु भएको थियो । लेखा परीक्षक तथा चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरका शिक्षा विभाग प्रमुख (१० औं तह) चिरञ्जीवि पौडेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रा.डा.लेखप्रसाद निरौला, उपाध्यक्ष मदनबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी, सिरुटार इकाइ, विश्वनाथ मिश्र स्मृति प्रतिष्ठानका पदमबहादुर बुढाथोकी, प्रतिभा कोषका अध्यक्ष नातिबाबु बुढाथोकी, ऋद्धिसिद्धी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नातिकाजी बस्नेत, चनमति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अष्टबहादुर श्रेष्ठ, जय गणपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण कायस्थ, सिरुटार मा.वि.का प्रधानाध्यापक नारायण पोखरेल, सोमलिङ्गेश्वर आधारभूत विद्यालय प्रधानाध्यापक मन्जु बस्नेत, सिरुटार इङ्लिस सेकेण्डरी स्कूलका निर्देशक ईश्वरबहादुर श्रेष्ठ, सि विरुवा खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष अधिवक्त गोविन्द चौलागाई, विश्व हिन्दु महासंघ सुर्यविनायक नगरकमिटीका अध्यक्ष दिपक थापा, सुयलथापा प्रतिष्ठान नेपालका केन्द्रीय प्रतिनिधि रामबहादुर थापा लगायत समाजका पूर्व अध्यक्षहरु डा.देवनारायण कार्की, बाबुशरण श्रेष्ठलगायत संस्थाका आजीवन सदस्य, साधारण सदस्य तथा स्थानीय सामाजिक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमिति चयन :
साधारण सभाको दोस्रो शत्रले समाजको नेपाल सरकार, न्याय सेवाका पूर्व सहसचिव अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयान गरेको छ ।
समाजको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा सनोदकुमार थापा, कोषाध्यक्षमा नातिकाजी बस्नेत, सहसचिवमा रविन्द्रकुमार थापा चयन हुनु भएको छ ।
त्यसैगरि समाजको सदस्यहरुमा गीताप्रसाद पोखरेल, नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, सुश्री भगवती थापा, जनार्दन न्यौपाने, अमर के.सी. र नवराज गिरी सहितको नयाँ कार्य समिति पुनर्गठन गरेको छ ।
सिरु बौद्धिक समाजको विधानमा अनुसार सूर्यविनायक नगरपालिका वडा नं.१ को वडाअध्यक्ष सानुकाजी कायस्थलाई कार्य समितिको पदेन सदस्यमाचयन गरेको सचिव सनोदकुमार थापाले जानकारी दिनुभयो ।