हामीसँग जोडिनुहोस

बौद्ध धर्मावलम्बीहरुले भक्तपुरमा मनाए ३५० वर्ष पुरानो सम्यक दान पर्व, पुस्तक बिमोचन

4 मिनेट

भक्तपुर, १ माघ : वौद्ध धर्मावलम्बीहरुले ३५० वर्ष अघि अर्थात नेपाल सम्बत ७८७ भन्दा अघिबाट प्रत्येक वर्ष माघ १ गते मनाउदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ मा आज भव्य रुपमा भक्तपुरका बौद्ध धर्मालम्बीहरुले मनाएका छन् ।

आज सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको सम्यक दान पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्यसहित पाँच दिपकंर बुद्धका मुर्तिहरुलाई परिक्रमा गराएर भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व मनाइएको समितिका अध्यक्ष गणेश बज्राचार्यले बताउनुभयो ।

पाँच दिपकंर बुद्धका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत बिभिन्न परिकारहरु दान दिएर पाँच दिपंकरको परिक्रमा गराई पूजा समेत दिएर मनाइने छ ।

भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास उल्लेख छ । भगवान दिपंकर बुद्धलाई अनुसरणगर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पर्व मनाउदै आएको छ ।

सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिईने प्रचलन रहेको समितिका सल्लाहकार एवं यसवर्षको महादान पर्वका पालोकर्ता सप्तचन्द्र बज्राचार्यले जानकारी दिनुभयो । उहाँको जयकीर्ति महाविहारमा एकसाता अघिदेखि नै बसोबास गरी पर्वको लागि आवश्यक पर्ने विशेष प्रकारको पुरी, लड्डु लगायत विभिन्न परिकार र अन्य सामग्रीहरुको व्यबस्थापन गरको समितिका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।

यसवर्ष पर्व अबलोकन गर्दै सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान गर्दै दुई हजार भिक्षुलाई दान गदिने गरि परिकार तयार पारिएको थियो । सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा रहेको छ ।

सम्यक महादान पर्वमा गोमाय्, बालामाय्, ह्याउंमाय्, गोमू, कसू, तुइमुस्या, मस्यांचा, जरिग्व, कोल, भुति सागसब्जीहरु लगायतका गेडागुडी एवं तरकारीहरु दान दिने परम्परा छ । त्यस्तै इकंचा, मिच, म्हुकं, चिम्हुकं, वाकंचा, सकिमुग, स्वांचा, कलांचा, आमलि, कछें, कच, सिमल, पाछैचा, मिच समेत परिकारका रुपमा चढाउने गरिन्छ ।
त्यसैगरि मिठाईहरुमा. लड्ड, पुरि, घ्योचाकू, पंचपकुवान, चतामरि दुई वटा, माय् व एक वटा र फलफूलहरुमा. देलचा, बल, सतबेल, अम्ब, चयपि, खयपि, तु धौ लगायत चढाउने गरिन्छ ।

त्यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, भौरबही दिपंकर, ययुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाइएको थियो । यसैगरि क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु र लामबद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई परम्परा अनुसार सम्यक दान दिएको छ ।

समितिले आजै पर्वकै अवसरमा सोही स्थानमा आयोजना गरेको ख्वपया सम्यक महादन पुस्तक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सार्वजनिक गर्नुभयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यो पर्वको संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भिक्षु गरु नरेशमान बज्राचार्यलगायतले सम्यक दानको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।