हामीसँग जोडिनुहोस

भक्तपुरमा १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउदै, देशभर १७ लाखलाई लगाईने

2 मिनेट
भक्तपुर, १ माघ : भक्तपुर जिल्लामा १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।
यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरि उनीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिनुभयो ।
भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक नगरपालिकाका चार हजार १६२, भक्तपुर नगरपालिकाका ६ हजार ७४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार २०३ र चाँगुनारायण नगरपालिकाका दुई हजार ५८४ किशोरीलाई एचपिभी खोप लगाईने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार ६२८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने भएको छ ।
कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायक ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र ६ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरि कूल २४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरेको छ ।
खोप अभियानलाई सफल पार्न भक्तपुरका चार पालिका मध्ये सूर्यविनायक नपाका खोप केन्द्रहरुमा ७६ स्वास्थ्यकर्मी, १४२ स्वयंसेवक, भक्तपुर नपाका खोप केन्द्रहरुमा ८० स्वास्थ्यकर्मी, १६० स्वयंसेवक, मध्यपुरथिमि नपाका खोप केन्द्रहरुमा ६६ स्वास्थ्यकर्मी, १३२ स्वयंसेवक र चाँगुनारायण नपाका खोप केन्द्रहरुमा ६७ स्वास्थ्यकर्मी, १३६ स्वयंसेवक गरि कूल २८९ स्वास्थ्यकर्मी र ५७० स्वयंसेवक परिचालन हुने भएका छन् ।
कार्यालयका प्रमुख खतिवडाले जिल्लाका चारवटै स्थानीय तहसंग समन्वात्मक कार्यक्रम गरि स्थानीय स्वयंसेवकलाई तालिम दिएर तयारी पुरा गरेको बताउनुभयो । खोप लगाउँदा कसैलाई पनि खोपका कारण स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उहाँले कनै समस्या आईहाल्यो भने उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कारिया मैत्री नगरपालिका अस्पताललाई उपचारका लागि तयारी अबस्थामा राखिएको जानकारी दिनुभयो ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य अनुसार अभियान सुरु हुन लागेको बताउनुभयो ।
खोपका लागि देशभरका आठ हजार २०० विद्यालयहरूमा खोप केन्द्र सञ्चालन गरिने जानकारी दिदै उहाँले यसका लागि २७ हजार ८० स्वास्थ्यकर्मी र ५४ हजार १६० स्वयंसेवक परिचालन गरिने बताउनुभयो । साथै खाप अभियान अबधीभर देशभर १५ हजार ६७४ सुपरिवेक्षक खटाइने भएको छ ।
उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चारजनाको मृत्यु हुने गरेको तथ्यांक रहेको बताउदै यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने दाबी रहेको बताउनुभयो । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा पर्छ, भने स्तन क्यान्सर दोश्रोमा पर्छ ।
भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य विभिन्न निकायसंग संयोजन र तयारी गरिरहेको छ । भक्तपुरका जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले अभियान सफल बनाउन आह्वान गर्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।