हामीसँग जोडिनुहोस

घ्यू- चाकु खाँदै सष्टाले सुनाए सिर्जना 

1 मिनेट
भक्तपुर । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनकाे रूपमा चिनिन्छ, माघे सङ्क्रान्ति । धार्मिक र सांस्कृतिक महत्त्वका हिसाबले विशेष दिनका रूपमा रहेकाे याे दिनमा विभिन्न ठाउँमा मेला समेत लाग्छ । यही दिन भने भक्तपुरकाे कमलविनायकस्थित राेम्वस सेकेण्डरी स्कूलमा साहित्यिक मेला लागेकाे छ ।
संक्रान्तिकाे अवसर पारेर स्कूलले राखेकाे भेटघाट तथा रचना वाचन कार्यक्रममा सहभागी स्रष्टाहरूले आआफ्नो रचनामार्फत् चिसाे माैसमलाई तताए । साहित्यकाे सम्वर्द्वन र प्रवर्द्धनका लागि उक्त स्कुलले आयाेजना गरेकाे उक्त साहित्यिक भेलामा अग्रज र अनुज स्रष्टाहरूकाे सहभागिता रहेकाे थियाे ।
यस दिन घरघरमा बसेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी खाइरहँदा गजलकार विक्रम चेतनशील राई, रामगाेपाल आशुतोष, विकास प्रहर, हरिसुन्दर छुकां, उपेन्द्र तिमिल्सिना, भरत ढुंगाना, पवन चाम्लिङ राई, मनाेज खड्का मिलन, स्वनाम सज्जन किरातीलयागतले गजल, मुक्तक र कविताकाे स्वाद पस्केका थिए ।
कार्यक्रम आयाेजक विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र काेजूले कविता पाठ गरेर भेलाकाे सभापतितब ग्रहण गरे भने राेम्वस नेशनल स्कूलकी सहायक प्रिन्सिपल अमृता ढकालले गीतमार्फत सबैलाई स्वागत गरिन् । साे कार्यक्रममा ताथलीकाे सिन्हपा तेडाेल नयाँ बस्ती टाेल विकास संस्थाका अध्यक्ष देवराज गुरूङले शुभकामना दिएका थिए ।
विद्यालयले शिक्षा र साहित्यलाई सँगसँगै अघि बढाउने याेजना अनुसार उक्त कार्यक्रम आयाेजना गरेकाे विद्यालयका प्रिन्सिपल डा. काेजूले जानकारी दिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।