हामीसँग जोडिनुहोस

खोखो विश्वकपमा नेपालले आज ब्राजिलसँग खेल्दै

1 मिनेट

२ माघ,काठमाडौं।

 खोखो विश्वकपमा नेपालले आज ब्राजिलसँग खेल्दैछ। खोखो विश्वकपमा पुरुष तर्फ नेपालले आज ब्राजिलसँग खेल्न लागेको हो। समूह एमा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ ले पराजित भएको थियो। हिजो भएको दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको थियो।

२ खेलमा २ अंक बनाएको नेपालले आज नेपाली समय अनुसार बिहान साढे ११ बजे ब्राजिलसँग खेल्न लागेको हो।  समूह एमा नेपाल भारत भुटान ब्राजिल र पेरु रहेका छन्। ब्राजिल भने अंक विहीन छ। ब्राजिललाई भारतले ६४–३४ ले हराएको थियो। यो समूहमा भारत दुई खेलमा अपराजित रहँदै चार अंकसहित शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा पेरुलाई हराएको भुटान दोस्रो स्थानमा छ।

नेपाल तालिकाको तेस्रो स्थानमा छ। दुई खेलमा पराजित पेरु तालिकाको पुछारमा रहँदा एक खेल खेलेको ब्राजिल अंकविहीन छ।

प्रतियोगिता अन्तरगत महिला तर्फ नेपाली टोलीले आजै श्रीलंकासँग खेल्न लागेको छ। दुई खेलमा शत प्रतिशत जित निकालेको नेपाल ४ अंकसहित समूह सीको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा भुटानलाई ८३–२४ र जर्मनीलाई ७३–३४ ले हराएको थियो। एक खेल खेलेको श्रीलंका अंक विहीन छ। नेपाल र श्रीलंकाको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।