हामीसँग जोडिनुहोस

साढे चार बर्षको अवधिमा सडक दुर्घटनामा परेर १५३० जनाभन्दा बढीले ज्यान गुमाए : मन्त्री थापा

1 मिनेट

भक्तपुर, ६ माघ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले साढे चार बर्षको अवधिमा सडक दुर्घटनामा परेर एक हजार ५३० जनाभन्दा बढीले अनाहकमा ज्यान गुमाएको बताउनु भएको छ । आज नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, “सूर्यविनायक मात्र नभई, जहाँ जहाँ हाइवेसंग जोडिएका अस्पतालहरु छन्, त्यहाँ हामीले ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्छ भनेर लागिरहेका छौँ । आज साढे चार बर्षको दौरानमा एक हजार ५३० जनाभन्दा बढी सडक दुर्घटनाबाट मृत्यु भएको छ । धेरै मृत्यु समयमा अस्पताल पुर्याउन नसकेर भएको छ ।“

मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउनका लागि मापदण्ड तय गर्दै पोलिक्लिनिक तथा मेडिकलको अनुगमन गरिरहेको जानकारी पनि दिएनुभयो । उहाँले यसपटक जम्मा ८०० कोटा भएको नर्सिङ्गमा ६ हजार ४०० जनाले नर्सिङ्ग पढ्न फर्म भरेको उल्लेख गर्दै, नेपालमै नर्सिङ्ग पढ्ने उपयुक्त वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले १०० बेडमा संचालन भएका अस्पतालहरुमा नर्सिङ्ग पढाउने व्यवस्था ऐनमा पारित भएको बताउनुभयो ।

उहाँले ३०० बेडमा संचालन भएका अस्पतालहरुले एमबिबिएस पढाउने व्यवस्था ऐनमा पारित भएको र आगामी वर्षदेखि पढाई संचालन हुने जानकारी पनि दिनुभयो । मन्त्री थापाले भक्तपुरलाई देशकै सबैभन्दा सानो र धेरै जनघनत्व भएको जिल्ला बताउँदै, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सकेमा काभ्रे, सिन्धुपालचोक, रामेछाप, दोलखा र सिन्धुलीका बिरामीलाई पनि सेवा दिन सकिने बताउनुभयो । प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।