भक्तपुर, १० माघ । भक्तपुर जिल्ला शुटिङ्ग संघको अध्यक्षमा राजु सिं बजिको चयन हुनुभएको छ । भक्तपुरमा आज भएको संघको साधारण सभाबाट बजिकोको नेतृत्वमा १३ सदस्य जिल्ला कमिटी गठन भएको हो । संघको उपाध्यक्षमा रामशरण बैजु, सचिवमा रोहित मानन्धर सहसचिवमा रचना लाखेमरु कोषाध्यक्षमा चन्द्र प्रसाद सुवाल चयन हुनु भएको छ ।
त्यसैगरि सदस्यहरूमा दिपा अधिकारी, सची बनेपाली, आशिष वैद्य, रामकृष्ण लवजु, अनिल फोजु, गोपीलाल श्रेष्ठ, सरोज केसी र कपिल देव नेपाल चयन हुनु भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, शुटिङ्ग संघ वागमती प्रदेश अध्यक्ष राजु दर्शनले संघका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।