हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओलीद्वारा एचपीभी खोप अभियानको शुभारम्भ

1 मिनेट
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ काठमाडौँ, २२ माघः प्रधानमन्त्री केपी शर्मा ओली विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुभारम्भ गर्नुहुँदै । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाण्डाै,२२ माघ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानको शुभारम्भ गर्नुभएको छ ।

बालुवाटरमा रहेकाे शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाण्डाै महानगरपालिका वडा नम्बर ३ का स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्नुभएको हो ।

किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय जना किशोरीलाई  खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेकाे छ । पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरसकाे सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।