हामीसँग जोडिनुहोस

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ : स्वास्थ्य मन्त्री पौडेल

3 मिनेट
भक्तपुर, २२ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले विरामीलाई औषधि छैन भेर बाहिर किन्न पठाए कारबाहीमा पर्ने बताउनु भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा आज विश्व क्यान्सर दिवसको अवसरमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’को उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको बताउदै उहाँले भन्नुभयो, “औषधि छैन भने फार्मेसी किन राख्न, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाउँदैन, त्यो गैरकानूनी हन्छ । कारबाहीको भागिदार हुन्छ ।”
सरकारी अस्पतालमा भएका उपकरणहरु बिग्रियो भनेर हप्तौसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नु पर्ने बताउदै उहाँले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को बिकल्प दिनु पर्ने बताउनुभयो । उहाँले अस्पतालका उपकरणहरु नबिग्रिकन बिग्रियो भन्ने अबस्थाको पनि अब अन्त्य हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य बिमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नुपर्नेमा जोड दिदै मन्त्री पौडेलले भन्नुभयो, “सबै अस्पतालमा बिमा काउण्टर राख्न मैले भनेको छु, बिमामा भुल्टो दाबी रोक्नु आजको आवश्यकता हो, अस्पतालले नगदमा उपचार गराए ५० रुपैयाँ लिने तर त्यही सेवा बिमाबाट भए ८० रुपैया लगाउने, नगद गरे एक बेडको चार्ज एक हजार लगाउने तरबिमाबाट गए त्यही सेवा दुई हजार लाग्ने यस्ता गलत प्रबृत्ति अब रोकिनु पर्छ ।”
उहाँले नागरिक योदानमा आधारित बीमा प्रणाली लागू गरि स्वास्थ्य बीमालाई रु. १ लाख बाट बढाएर रु. ५ लाख बनाउने तयारी गरेको बताउदै बीमा गरेपछि मात्रै राष्ट्रिय परिचय पत्र दिनुपर्ने व्यबस्था हुनुपर्ने बताउनुभयो ।स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बताउदै उहाँले यसलाई पारित गरेर बीमालाई अनिवार्य र व्यबस्थित गरिने बताउनुभयो ।
आफ्नो शरीरलाई रोग लाग्नबाट कसरी बचाउने भनेर अब आफैले जान्नु पर्ने औल्याउदै उहाँले त्यसका लागि जीवनउपयोगी शिक्षा लागू गर्दै विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य विषय अध्ययन गर्न पाठ्यक्रम निर्माण गर्न लागेको बताउनुभयो । मन्त्री पौडेलले क्यान्सर सरभाइभर बिरामीहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्सेवकको रुपमा सेवा गर्नुभएका शंकर प्रधानाङग र दिपक ओलीलाई सम्मान गर्नुभयो ।
देशका १७ लाख किशोरीहरुलाई एचपीभी खोप लगाउने अभियान आजबाट सुरु भएको बताउदै उहाँले आठ हजार २०० खोप केन्द्रहरुमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरले एचपीभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताउनुभयो ।  उहाँले क्यान्सर उपचारमा प्रयोग हुने केमोथेरापी निःशुल्क प्राप्त हुने गरी मन्त्रालयले व्यबस्था गर्न लागेको बताउनुभयो । स्वास्थ्यकर्मीलाई कसैले पनि दबाब, डरधम्की र हातपात गर्न नपाउने व्यबस्था गर्न लागेको उहाँले बताउनुभयो ।
नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको वर्षेनी क्यान्सर रोगका कारण मृत्यु हुने तथ्यांक रहेको भन्दै उहाँले यस्तो अबस्थालाई नियन्त्रण गर्न रोगै लाग्न नदिने गरि जनचेताना फैलाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहलगायतले विरामीलाई कुनै पनि प्रकारको कष्ट नहुने गरि सेवा दिनु पर्ने औल्याउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।