
माघ २४, काठमाण्डौ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक बोलाइएको हो।
आजको बैठकमा पार्टीका तर्फबाट बनेका मन्त्रीहरूले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।
आजको बैठकमा आज प्रतिनिधि सभामा पेस हुने अध्यादेशका विषयमा पनि छलफल हुने भएको छ।
प्रतिनिधि सभा बैठकमा आज ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।