हामीसँग जोडिनुहोस

साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै

1 मिनेट

माघ २४, काठमाण्डौ।

साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।

थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराउने छ ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बिहान १० बजेबाट बहस सुरु हुनेछ । सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् । बहस नसकिएकाले लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो । बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।