हामीसँग जोडिनुहोस

 संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक बस्दै

1 मिनेट

काठमाडौं, फागुन ९ ।

 संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको कार्यालयमा शुरु हुने संसद् सचिवालयले जनाएको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउन्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुने कार्यसूची रहेको छ। बैठक बिहान साढे ११ बजे शुुरु हुनेछ।

बिहान ११ बजे सुरु विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) को बारेमा छलफल हुने सचिवालयले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।