हामीसँग जोडिनुहोस

तीन सवारी साधन एकै पटक दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

1 मिनेट
भक्तपुर, ९ फागुन : सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा गएराती एकै पटक तीन सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा. ३ ख. ७४४० नम्बरको बसमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ४४ प. ७३४२ नम्बरको मोटरसाईकल र जगातीबाट साँगातर्फ जाँदै गरेको बा.प्र.०२–०५५ प.२५९९ नम्बरको मोटरसाईकलाई समेत ठक्कर दिँदा भयानक दुर्घटना भएको थियो ।
दुर्घटनामा बा. ४४ प. ७३४२ नम्बरको मोटरसाइकलमा सवार रामेछाप सुनापाती गाउँपालिका–४ घरभई हाल भक्तपुर पाण्डुबजार बस्ने २१ वर्षीय तिम्बा दोर्जे तामाङ्को डा. इवामुरा अस्पतालमा उपचारकै क्रममा राती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते बा.प्र.०२–०५५ प. २५९९ नं.को मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका–११ घरभई हाल काभ्रे पनौती बस्ने ३९ वर्षीय टिकाराम श्रेष्ठको राती सूर्यविनायक नगर अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा बा. ४४ प. ७३४२ नम्बरको मोटरसाइकलमा सवार सूर्यबिनायक नगरपालिका–९ काक्रावारी बस्ने २४ वर्षीय साजन तामाङको अबस्था गम्भिर रहेकाले डा. ईवामुरा अस्पताल सल्लाघारीबाट रातीनै मध्यपुर अस्पताल ठिमीमा रिफर गरेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटना भएका तीनवट सवारी साधन र बस चालक काभ्रे पनौती नगरपालिका–७ का ५२ वर्षीय पुरुषोत्तम फाची श्रेष्ठलाई पक्राउ गरि प्रहरी वृत्त जगातीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि आज काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइने भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।