
२४ साउन, भक्तपुर ।सूर्यविनायक नगरपालिका– ५ कटुन्जे स्थित महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ ।
गाविस नगरपालिकामा परिणत भएपछि नगरपालिकाको आफ्नो कार्यपालिकाको कार्यालय बनाउने उदेश्यले विद्यालय खाली गर्न लगाइएको थियो । तर हालसम्म त्यहाँ नगरपालिकाको कार्यालय स्थापना हुन नसक्दा कर्मचारी तथा कामदारको बसोबास गर्ने थलो बनेको हो ।
विद्यार्थी पढ्ने कक्षा कोठाहरु गोदाम घर र भान्सा कोठा बनाइएका छन् भने कार्यालयलाई सुत्ने ठाउाका रुपमा परिणत गरिएको छ । कुनै समयमा वालवालीका कुद्ने विद्यमलय प्रांगण यतिबेला गाई, बाख्रा बाँध्ने र निर्माण सामग्री थुपार्ने थलो बनेको हो ।
उक्त विद्यालय कर्मचारी र मजदुरको बसोबास गर्ने थलो बनेको शिक्षकको भनाई छ । स्थानीयका अनुसार विद्यालयमा नगरपालिकाकै कर्मचारी तथा कामदार बसोबास गरिरहेका हुन् ।