हामीसँग जोडिनुहोस

आर्थिक सम्बृद्धिका लागि नगरकोट भ्रमण वर्ष : नगर प्रमुख जीवन खत्री

बित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन

3 मिनेट

==============================================

नगर प्रमुख खत्रीले भन्नुभयो, “सम्बृद्धिको सपना साकार पार्न बित्तीय अनुशासन आवश्यक छ । त्यो नभए खोस्टो कागज जस्तै हुन्छ । यसका लागि जनप्रतिनिधिदेखि कर्मचारीसम्मको सहभागिता र चासो बढ्नु पर्ने हो, त्यसो नभए पनि नगरपालिकाको कार्यक्रम नियमित चलिरहन्छ, इन्द्रावती निरन्तर बगिरहन्छ ।”

==============================================

भक्तपुर, २३ फागुन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आर्थिक सम्बृद्धिका लागि नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गर्न लागेको बताउनु भएको छ ।

नगरकोटमा शुक्रबार चाँगुनारायण नगरपालिकाद्धारा आयोजना गरिएको ‘नगरपालिकाका जनप्रतिनिधिहरु र शाखा प्रमुखहरुका लागि बित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले नगरकोट भ्रमण वर्षलाई सफल पार्नु सबैको दायित्व भएको बताउनु भएको हो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष यहाँको सम्बद्धिका लागि हो । यसले आथिक सम्बृद्धिमा उपलब्धी हासिल गर्न सक्छ । नगरपालिकाको नीति, याजना एवं कार्यान्वयनलाई प्रभावकारी बनाउनु आजको आवश्यकता पनि हो ।”

नगरकोट भ्रमण वर्ष सफल पार्न र नगरपालिकामा बित्तीय अनुशासन कायम गर्न जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिदै नगरपालिकाको बित्तीय अबस्थालाई अझ राम्रो र बलियो बनाएर जानुपर्ने बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “सम्बृद्धिको सपना साकार पार्न बित्तीय अनुशासन आवश्यक छ । त्यो नभए खोस्टो कागज जस्तै हुन्छ । यसका लागि जनप्रतिनिधिदेखि कर्मचारीसम्मको सहभागिता र चासो बढ्नु पर्ने हो, त्यसो नभए पनि नगरपालिकाको कार्यक्रम नियमित चलिरहन्छ, इन्द्रावती निरन्तर बगिरहन्छ ।”

कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख शिवप्रसाद होमागाईले बित्तीय अनुशासन कायम गर्न जिम्मेवार तहमा रहेर काम गर्नु पर्ने जिम्मेवार निकायको अभिमुखिकरणमा उपस्थिति पातलो हुनु दुर्भाग्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष सफल पार्नु छ, नगरपालिकामा बित्तीय अनुशासन कायम गर्नुछ । तर यति महत्वपूर्ण कार्यक्रममा अनिवार्य उपस्थिति भनेर बोलाए पनि जनप्रतिनिधि र शाखा प्रमुखहरुको उपस्थिति नहुनु कमजोर पक्ष हो । जिम्मेवार तहमा रहेर काम गर्नुपर्नेहरुले नै कार्यक्रमको महत्व नबुझ्नु गलत हो ।”
इमान्दारीपूर्वक काम गर्दा पनि पब्लिकलाई आफूले जवाफ दिनुपर्ने अबस्था आएको भन्दै उहाँले अब होटलमा हुने कुनै पनि कार्यक्रमलाई बजेट स्वीकृत नगर्ने बताउनुभयो । उहाँले नगरपालिकाको आफ्नै हल भएकाले त्यही कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि आइतबारसम्म तीनदिनसम्म सञ्चालन हुने आवासीय अभिमुखिकरण कार्यक्रममा समन्वयकर्ता लोकतन्त्र समाज केन्द्रका अध्यक्ष नारायण भट्टराईले सार्वजनिक बित्त, अन्तिम लेखापरीक्षण, सार्वजनिक बित्तीय व्यबस्थापन तथा स्थानीय सरकारको बजेट एवं योजना निर्माणलगायत बिभिन्न १२ वटा विषयको सेसन चल्न बताउनुभयो ।

कार्यक्रमा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामा, वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ, नगरपालिकाका बिभिन्न शाखाका प्रमख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । अभिमुखिकरणमा बिज्ञहरु रामप्रसाद डोटेल, कृष्ण अवस्थी र केशवराज आचार्यले कक्षा सञ्चालन गर्ने छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।