
भक्तपुर, : भक्तपुर नगरपालिका वडा नं ४, सुर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम-२०८१, भक्तपुर नगरपालिकाको उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्मान एवं विविध साँस्कृतिक प्रतिभा प्रस्तुत गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

सेकरिड् हार्ट एकेडेमी स्कुलका संचालक/ प्रिन्सिपल श्रीराम सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रिन्सिपल सुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्ययोजना राख्नु भएको थियो ! उहाँले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालय लागि परेको जनाउँदै सुविधा सम्पन्न भौतिक पूर्वाधार तयार गरी स्मार्ट क्लासरुम सँगै प्रविधि र सीप जोड्ने कुरा बताउनु भयो ! साथै प्रिन्सिपल सुवालले यसका लागि विद्यालयले आफ्नै जग्गा पनि खरिद गरिसकेको जानकारी दिनु भयो !
विद्यालयको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस र सम्मान कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाको उपमेयर रजशी जोशीले विद्यालयको प्रसंशा गर्दै स्वदेशमा नै स्वरोजगार हुने जनशक्ति तयार गर्नु पर्नेमा जोड दिनु भयो । प्रमुख अतिथि जोशीले भक्तपुर नगरपालिकाले पनि शैक्षिक विकासमा विविध कार्य गर्दै आएको चर्चा गर्नु भएको थियो ॥ प्रमुख अतिथि जोशिले विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै शिक्षक सम्मान पनि गर्नु भएको थियो ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालय र प्रिन्सिपलले गरेको कार्यको वर्णन गर्दै सम्पूर्ण अभिभावकहरु जसले सेकरिड् हार्ट एकेडेमीमा बच्चा पढाउनु भएको छ, उहाँहरु साह्रै भाग्यमानी भएको बताउनु भयो र यसै गरी स्कुललाई साथ र सहयोग गर्न प्रेरित गर्नु भएको थियो ! विविन्न खेल एवं अतिरिक्त विधामा सफल विद्यार्थीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा एकल नृत्यको अन्तिम १४ जना प्रतियोगिले प्रतिस्पर्धा समेत गरेका थिए !
साथै विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मानित गरेको थियो ! विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक प्रस्तुति एवं प्रतिभा प्रस्तुत गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा ४ का अध्यक्ष उपेन्द्र सुवाल, त्रिविका पूर्व सह-प्राध्यापक एवं बरिष्ठ अधिवक्ता राम लोचन झा, प्रसिद्ध उत्प्रेरक विकासदेव योन्जन तामागं, उत्प्रेक एवं वालमनोविज्ञ सानु अमात्य, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृ्ष्ण प्रजापति, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखो, एसएस सदन स्कुलका प्रिन्सिपल मुकेश योन्जन लगाएत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






