हामीसँग जोडिनुहोस

युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदै

1 मिनेट

काठमाण्डौ,२९ फागुन।

युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले ३० दिने युद्धविराममा सहमति जनाएपछि उनीहरु रुसमा पनि वार्ताका लागि जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको हो ।

यसअघि, वार्तामा सहभागी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन र रुसबीचको युद्ध अन्त्य वा शान्ति सम्झौताका लागि रुसको व्यवहार र निर्णयमा भर पर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकाले युद्ध अन्त्यका लागि शान्ति वार्ता मात्रै एक तरिका भएको बताउँदै आएको छ । रुसले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको यसअघिको फोन वार्ताले पनि युद्धविराम सम्झौता सम्भव हुनसक्ने सङ्केत गरेको छ ।साउदीको बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अब रुसलाई सकारात्मक प्रस्तावमा सहमत गराउने काम अमेरिकाको भएको बताउनुभएको छ ।

अमेरिकाले पनि रुसलाई शान्ति योजनामा हस्ताक्षर गर्न आग्रह गर्ने तयारी भइरहेको र युद्ध अन्त्यका लागि नजिक विन्दुमा पुगेको प्रतिक्रिया दिएको छ ।

रुसले प्रस्तावित युद्धविराम र थप विवरणहरूको अध्ययन गरिरहेको बताउँदै केही दिनमा आफ्नो निर्णय सार्वजनिक गर्ने बताएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।