भक्तपुर, १ चैत : देशभरका प्रदेशस्तरीय अस्पतालमध्ये सरकारबाट सर्वोत्कृष्ट घोािषत भक्तपुर अस्पतालमा आज मन्त्रीदेखि स्वास्थ्य सचिवसमेतको टोलीले आकस्मिक छड्के अनुगमन गरेको छ ।
आज वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वागमति प्रदेश स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, भक्तपुर अस्पताल ब्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजंग थापासहितको टोलीले आज भक्तपुर अस्प्तालको सेवा सञ्चालनकाबारेमा आकस्मिक अनुगमन गर्नु भएको हो ।
मन्त्री थापा मगरसहितको टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपिडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसियू, सिटी स्क्यान जडान कक्ष, बिभिन्न विभागका सेवाहरुको छडके अनुगमन गर्नुका साथै अस्पतालमा भर्ना भइरहेका विरामीसंग प्रतक्ष्य भेट गरि अस्पतालको सेवा र सुविधाको गुणस्तरीयताकाबारेमा सोधपुछ गर्नु भएको थियो ।
अनुगमन पछि मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने, भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसशन जडान भएसंगै मेमोग्राम मेशिन सञ्चालन गर्ने, उच्चस्तरीय प्रबिधिसहितको आँखा सेवा बिस्तार गर्ने, १०० शय्यामाथिका अस्पताललाई नर्सिङ्ग कक्षा सञ्चालन गर्न दिइने, मापदण्ड पुरा नगर्ने अस्पतालको दर्ता, नविकरण रोक्ने, हेटौडा अस्पतालमा मुटु रोग र भक्तपुर अस्पतालमा न्यूरोको ओटी सवासमेत सञलन गर्ने गरि सेवा बिस्तार गरिरहेको बताउनुभयो ।
स्वास्थ्य सचिव डा. गौतमले ३०० शय्याको सम्बन्धन पाएको भक्तपुर अस्पतालले पूर्ण शय्यामा सेवा सञ्चालन नगरे शय्या घट्वा हुने भएकाले पाँच वर्षका लागि भनेर लिएपनि १३ वर्षदेखि सञ्चालित मानव अंग प्रत्यारोपण केन्द्रलाई भवन छाड्न पत्राचार गर्न अस्पताललाई निर्देशन दिनुभयो । उहाँले भक्तपुर अस्पताल क्षेत्रभित्र फेरी पनि साझा औषधि बिक्री कक्ष ल्याउन लागेको भन्दै अस्पतालको हाता भित्र साझा आषधि पसल ल्याउन रोक लगाउनु पर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य श्रेष्ठले विगत दईवषदेखि देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाइ निरन्तरता दिने बताउनुभयो । अस्पताल बिकास एवं व्यबसापन समितिका अध्यक्ष शशीजंग थापाले अस्पतालले सञ्चालनमा ल्याउन लागको क्याबिनको सख्या चारबाट १० मा पुर्याउन मन्त्रालयले सहयाग गर्नुपर्ने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालमा दैनिक १ हजार खि ११०० सम्म बिरामी सेवा लिन आउने गरेको बताउनुभयो ।