हामीसँग जोडिनुहोस

नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे

1 मिनेट

काठमाडौँ,२ चैत।

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपालमा रहेका लगानी सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिवद्धता बलियो रही आएको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको उनले बताए ।बीआरआई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्ने बताए । सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रुपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, उर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । नेपाल—चीन सम्बन्ध केबल व्यवसायिक वा आर्थिक सहयोगमा सिमित नरहेको भन्दै सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सम्बन्ध बिस्तार भइरहेको बताए ।

सभामुख घिमिरेले दुई देशबिच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन कार्यक्रमले उल्लेखनिय भुमिका निर्वाह गर्ने जिकिर गरे । नेपाल—चीन बीचको भौगोलिक, सांस्कृतिक र जनस्तरको सम्बन्धले दुई पक्षिय सम्बन्धलाई झनै बलियो बनाएको बताए  ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।