हामीसँग जोडिनुहोस

पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित,मधेश प्रदेश १९३ रनले पराजित

1 मिनेट

काठमाडौँ,२ चैत।

जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो ।

पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २६.१ ओभरमा अल ओत हुदै ९५ रन बनाएको थियो ।

मधेशका लागि दिपेश दासले सर्बाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राजबंशीले ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर रुपेश सिंहले ४ विकेट लिए भने बिशाल पटेलले ३ विकेट लिएका थिए ।

यो जितपछि पुलिस क्लबको ४ खेलमा ८ अंक भएको छ र पुलिस अपराजित रहेको छ । त्यस्तै मधेश प्रदेशको भने यो दोस्रो हार हो । मधेशको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।