हामीसँग जोडिनुहोस

चाँगुनारायण क्षेत्र भित्र अब उर्जा मैत्री भवन निर्माण गर्नु पर्ने, इन्जिनियरलाई तालिम

4 मिनेट
-रमेश गिरी
भक्तपुर, ४ चैत : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका भित्र निर्माण हुने भवन अबदेखि उर्जामैत्री रुपमा निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिकाले आयोजना गरेको बिल्डिङ् इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा नगरपालिकामा दर्ता भएका डिजाईन एमएसएमईएस (लघु, साना तथा मध्यम उद्यमी) को लागि ऊर्जा प्रभावकारी भवन डिजाईन सम्बन्धी तीन दिने तालिमको आज उद्घाटन गर्दै उहाँले उर्जामैत्री भवन निर्माण गर्न नागरिकलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो ।
चाँगुनारायण नगरपालिका ऊर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी कार्याविधी तयार गरि स्वीकृत गर्ने उपत्यकामा दोस्रो पालिका हो । उर्जा वचतको उदेश्यले नगरपालिकाले आफ्ना पालिका क्षेत्र भित्र निर्माण हुने व्यापारिक, सामुदायिक तथा आवासीय भवनहरुको निर्माण गर्दा उर्जामैत्री भवन निर्माण गर्नु पर्ने व्यबस्था लागू गरेको हाँले बताउनुभयो ।
नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका नयाँ शहरको रुपमा परिणत हुदै गरेको अबस्थामा यो शहरलाई बस्न योग्य र उत्कृष्ठ आवासीय तथा व्यापारिक भवनहरु उर्जामैत्री रुपमा निर्माण गर्नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरपालिकाले उर्जामैत्री भवन निर्माणका लागि कार्यबिधि पास गरेर कार्यान्वयनको चरणमा छौँ । नागरिकलाई उर्जामैत्री भवन निर्माणका लागि प्रोत्साहन गर्दै मितव्ययी, कम खर्चमा उत्कृष्ठ भवन निर्माणका लागि सहजीकरण समेत गर्छ ।’ घर वा भवनको नक्सा बनाउँदा नै प्राबिधिकहरुले उर्जामैत्री भवन निर्माणले पुर्याउने फाईदाकाबारेमा नागरिकलाई परामर्श दिन नगरपालिका भित्रका प्राबिधिक एवं इन्जिनियरहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाले प्रवाह गर्ने सेवामा बिज्ञता प्रयोग गर्न चुक्न नहुने बताउदै भन्नुभयो, ‘प्रत्येक नागरिकले स्थानीय सरकारको कामप्रति वाच गरिरहेका हुन्छन्, त्यसैले नागरिकको विश्वसनीयता गुम्न दिनु हुदैन, सेवा प्रवाहमा छिटो, छरितो र प्रबिधिमैत्री रुपमा अगाडि बढाउदै कतै कसैले प्रश्न उठाउन नसक्ने गरि काम गर्नुस् ।’
नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८१ का तयारी तिब्र रुपमा गरिरहेको बताउदै उहाँले यसमा कुनै प्रश्न नउठ्ने गरि काम गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बिनका अध्यक्ष सुदेश प्रजापतिले नेपालको सन्दर्भमा उर्जा वचतसंगै स्वास्थ्य र वातावरण मैत्री हुने बताउदै यसले कुल ऊर्जा खपतको करिब ६० प्रतिशत वातावारणनुकूलन (ताप वा शीतल) गर्न खपत भएको छ ।उर्जामैत्री भवन निर्माण हुँदा जाडोमा तातो हुने तथा गर्मीमा चिसो हुने बताउदै नेपालमा १० वटा विद्यालय भवन निर्माण भइसकेको र आवासीय भवनसमेत निर्माण हुने बताउनुभयो । नेपालमा सरकारले ग्रीन बिल्टिङ्ग गाईडलाइन स्वीकृतको चरणमा रहेको बताउदै उहाँले २४ वटा पालिकाले यसलाई स्वीकृत गर्न लागेको बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्षकै संघारमा नगरकोटमामा इनर्जी रिसोर्ट निर्माण सुरु भएको बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाका बस्ती तथा भवन निर्माण शाखा प्रमुख कृष्ण भरोसा बस्नेतले सन् २०४५ सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा पु¥याउने सरकारले प्रतिवद्धता जनाएको बताउदै सन् २०३० सम्म इँटा तथा सिमेन्ट उद्योगहरुमा कोइलाको खपत र वायु प्रदूषण घटाउन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने प्रविधिको प्रयोगमा ल्याउने, कम्तिमा पाँच वटा पर्यटकीय गन्तव्यहरुमा कार्बन तटस्थता सुनिश्चित गर्ने, न्यून कार्बन उत्सर्जन तथा जलवायु अनुकूलनमा जोड दिने गरी सबै स्थानीय तहहरुमा राष्ट्रिय भवन संहिता लागू गर्ने तयारी गरेको बताउनुभयो ।
इँटा उत्पादनबाट मात्रै नेपालमा १२ लाख टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको विभिन्न अध्ययनले देखाएको भन्दै नेपालले शून्य कार्बन उत्सर्जन गर्ने प्रतिवद्धता जनाएको सन्दर्भमा भवन निर्माण गर्दा पनि यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको कार्यक्रममा बताईएको छ । चाँगुनारायण नगरपालिकाका बस्ती तथा भवन निर्माण शाखा प्रमुख कृष्ण भरोसा बस्नेतले तीन दिने तालिमले ऊर्जा प्रभावकारी भवन निर्माणमा दक्षता हासिल हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख सुरज पौडेलले नगरपालिका १० हजार स्क्वायर फिट भन्दा माथिको भवन निर्माणमा अनिवार्य उर्जामैत्री हुनुपर्ने व्यबस्था भएको बताउदै अन्य भवनमा पनि उर्जामैत्री भवन निर्माण गरेको प्राबिधिक र परामर्श सहयोग गर्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।