हामीसँग जोडिनुहोस

बतासे डाँडामा नगरकोट भ्रमण वर्ष सफल पार्न चारवटै पालिकाको प्रतिबद्धता

प्रमुख जीवन खत्री भन्नुहुन्छ, ‘भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउन चारै नगरपालिका संयुक्त रुपमा हातेमालो गर्दै अगाडि बढ्छौँ ’

3 मिनेट

भक्तपुर, ५ चैत । आउँदो बैशाख १ गतेदखि सुरु हुने नगरकोट भ्रमण वर्ष–०८२ को तयारी स्वरुप आज नगरकोटको बतासेडाँडा लगायत भ्रमण वर्ष उद्घाटन स्थलको चार नगरपालिकका प्रमुख एवं जनप्रतिनिधिको टोलीद्धारा अनुगमन गरेको छ ।

चाँगुनारायण नगरपालिकाको नेतृत्वमा चाँगुनारायण नगरपालिका, काभ्रेको मण्डन देउपुर र बनेपा तथा काठमाडौंको शंकरापुर नगरपालिकाको संयुक्त आयोजनामा हुने भ्रमण वर्षको अन्तिम तयारी पुरा गर्न उदेश्यले आज उद्घाटन स्थललगायतका संरचनाको अनुगमन गरेको हो ।

भ्रमण वर्षको उद्घाटन स्थलदेखि स्टल राख्ने ठाउँहरुको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाईबा, बनेपाका नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, शंकरापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नगरकोट नाल्दूम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङ, नगरकोट भ्रमण वर्ष–२०८२ का विज्ञ डा. घनश्याम खतिवडा, चाँगुनारायण नगरपालिकाका प्रशासन अधिृकत सुरज पौडेल, वडा नंं ६ का वडाध्यक्ष धनबहादुर लामासहितको टोली, नगरपालिकाका कर्मचारी एवं प्राबिधिकहरुले भ्रमण वर्षको तयारीको अबस्थाकाबारमा अवलोकन एवं छलफल गर्नु भएको थियो ।

अनुगमनमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउन चारै नगरपालिकाले सामूहिक रुपमा आयोजना गर्ने निर्णय गरेर अगाडि बढेको बताउनु भयो । उहाँले चारवटै नगरपालिकाले आआफ्ने तयारी गरेको बताउदै संयुक्त रुपमा भ्रमण वर्ष सफल पार्न तयारी गर्दै पटक पटक संयुक्त छलफल र तयारी भइरहेको बताउनुभयो । अनुगमनमा उद्घाटन स्थलमा वरिपरि पर्खाल लगाउने, मञ्च बनाउने र भईमा कार्पेट हालेर धुलो रहित बनाएर उद्घाटन स्थललाई भव्य र सभ्य बनाउने निर्णय भएको छ । उद्घाटन कार्यक्रममा तीन दिनसम्म भव्य रुपमा मनाउने छलफल गर्दै तयारीलाई तिब्र पारिने सहमति भएको छ ।

यसअघि तयारी स्वरुप चारवटै पालिकाका प्रमुख र नगरकोटका होटलहरुका सञ्चालकहरुसंग तयारी स्वरुप छलफल गरिएको थियो भने बुधबार पनि चाँगुनारायण नगरपाकिाको सभाकक्षमा चारवटै पालिकाका प्रमुख, कर्मचारी, होटल व्यवसायीहरु र सरोकाराला निकायबीच छलफल हने तय भएको चाँगुनारायण नगरपालिकाका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

बुधबार बस्ने छलफलले चारै नगरपालिकाका प्रमुख र जनप्रतिनिधिसहितको मूल आयोजक समिति गठन गरिने, विषयगत उपसमिति गठन गरि तयारीलाई भव्य र तिब्र बनाइने नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । नगरपालिकाले गठन गरेको भ्रमण वर्ष मूल आयोजक समिति, उपसमितिहरुलाई र अरु समितिलिाई समेत भ्रमण वर्षमा केन्द्रीत गरेर अगाडि जाने तयारी भएको छ ।

मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख वाईबाले चारै नगरपालिकाको सामूहिक प्रयासकै कारण नगरकोटको सिमांकन टुग्यांउन सफल भएसँगै चाँगुनारायण नगरपालिकाले अगाडि सारेको भ्रमण वर्ष–२०८२ लाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढिएको बताउनुभयो । चारवटै पालिकाले आफ्नो तर्फबाट पनि तयारी गर्न समितिहरु बनाउने र प्रचार प्रसारदेखि अबै कार्यमा साझेदारी गर्दै भ्रमण वर्ष सफल पार्ने बताउनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।