हामीसँग जोडिनुहोस

चालु आर्थिक वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

1 मिनेट

काठमाडौं,७ चैत।

चालु आर्थिक वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

विभागका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ११.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

अघिल्लो आठ महिनाको तुलनामा निर्यात समेत बढेको छ । फागुनसम्मको तथ्यांकअनुसार एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५७.२० प्रतिशत बढेको छ ।

आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा समेत बढेको छ । विभागका अनुसार आठ महिनाको अवधिमा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ व्यापार घाटामा छ ।

यो गत आर्थिक वर्षको तुलनामा ६.२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।