=================================================
नगर प्रमुख जीवन खत्रीले भन्नुभयो, “चाँगुनारायण आफैमा धार्मिक एवं पर्यटकीय भूमि हो । नगरपालिकाको वडा नं. १ देखि ९ सम्म रहेका हाम्रा ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुलाई विश्वमाझ चिनोउने र लुकेर रहेका यस्ता सम्पदाहरुको खोजी, उत्खनन् एवं उजागर गर्ने लक्ष्यका साथ चाँगुनारायण, मण्डनदेपुर, बनेपा र शंकरापुर नगरपालिकाले संयुक्त रुपमा नगरकोट भ्रमण वर्षको आयोजना गर्न लागेको हो । हामी वर्षभरिनै सबै वडामा र चारवटै पालिकाको केन्द्रबिन्दु नगरकोटमा १२ वटा महत्वपूर्ण कार्यक्रम गर्नेछौँ, यसलाई सफल पार्नु हामी सबैको दायित्व हो ।”
=================================================
भक्तपुर, ७ चैत । चाँंगुनारायण नगरपालिका–८ कलमसीमा निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्वर महादेवको अधूरो मूर्तिलगायतका संरचना निर्माण पुरा गर्न शिव पुराण महायज्ञ आयोजना हुने भएको छ । महायज्ञ आयोजक मूल समारोह समितिले आज भक्तपरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म महायज्ञको आयोजना गरिने जानकारी दिएको हो ।
नगरकोट भ्रमणवर्ष–२०८२ को अवसर पारेर यस क्षेत्रम धार्मिक पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यका साथै कल्पेश्वर महादेवको मूर्ति निर्माणलाई पूर्णता दिन मन्दिर परिसरमै शिव पुराण महायज्ञको आयोजना गर्न लागेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा अथाह सम्पदा, ऐतिहासिक, धार्मिक एव पुरातात्विक सम्पदाहरु रहेको बताउदै सम्पदा सर्किटका रुपमा पर्यटन बिकास गर्दै समग्र चाँगुनारायण र चाँगुनारायणवासीको आर्थिक उन्नतीका लागि नगरकोट भ्रमण वर्ष महत्वपूर्ण हुने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण आफैमा धार्मिक एवं पर्यटकीय भूमि हो । नगरपालिकाको वडा नं. १ देखि ९ सम्म रहेका हाम्रा ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुलाई विश्वमाझ चिनोउने र लुकेर रहेका यस्ता सम्पदाहरुको खोजी, उत्खनन् एवं उजागर गर्ने लक्ष्यका साथ चाँगुनारायण, मण्डनदेपुर, बनेपा र शंकरापुर नगरपालिकाले संयुक्त रुपमा नगरकोट भ्रमण वर्षको आयोजना गर्न लागेको हो । हामी वर्ष भरिनै सबै वडामा र चारवटै पालिकाको केन्द्रबिन्दु नगरकोटमा १२ वटा महत्वपूर्ण कार्यक्रम गर्नेछौँ, यसलाई सफल पार्नु हामी सबैको दायित्व हो ।”
उहाँले आमसञ्चारकर्मी एवं सरोकारवाला निकायले नगरकोट भ्रमण वर्ष सफल पार्न सकारात्मक सन्देश लैजानु पर्ने बताउदै नकारात्मक सन्देशले बिनाश ल्याउने तर सकारात्मक सन्देशले विकास ल्याउने भएकाले यसमा हेक्का राख्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा चाँंगुनारायण नगरपालिका–८ का वडाअध्यक्ष एवं महायज्ञका संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागेको बताउनुभयो । कलमसी कालिका कल्पेश्वर धामको नामले चिनिएको यस क्षेत्रमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्ड निर्माण भइसकेको र बसेको महादेवको कम्मरसम्मको भाग निर्माण भएपनि त्यस माथिको भाग निर्माण अपूरो रहेकाले त्यसलाई सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
महायज्ञमा संकलित दानलाई एक रुपैयाँ पनि अन्यत्र खर्च नगरी बिशद्ध रुपमा मूर्ति निर्माणमा लगाईने बताउदै उहाँले महायज्ञ सम्पन्न गर्न बिभिन्न समितिमा रहेका व्यक्तिहरुको स्वेच्छिक दानबाट खर्च गरिने बताउनुभयो । काठमाडौ उपत्यका लगायत नाला, बनेपा धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने यस क्षेत्र चाँगुनारायण–८ र ९ को सिमाना एवं काभ्रको बनेपा नगरपालिका–१ को संगमस्थलको रुपमा रहेको छ ।
जिल्लाको उत्तर पूर्वीस्थानमा रहेको यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको बताउदै वडाध्यक्ष खत्रीले कल्पेश्वर धामको पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठुली ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, बाल्मिकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुढेवर महादेव रहेको बताउनुभयो ।
प्रसिद्ध शिवतान्त्रिक गुरु बुद्दिकुमार खड्गीले तान्त्रिक शक्तिबाट यसक्षेत्रमा धार्मिक शक्ति रहेको जानकारी पाएसंगै १०८ फिट कल्पेश्चर महादेवको मुर्ति स्थापना गर्न स्थानीय समुदाय एवं सरकारी निकायहरुको सहकार्यमा निर्माण कार्य अगाडि बढाईएको थियो ।
पत्रकार सम्मेलनमा महायज्ञ तयारी मुल समारोह समितिका सचिव बद्रीप्रसाद नेपाल, प्रवक्ता यादवप्रसाद अधिकारी, व्यास गुरुहरु रामचन्द्र तिमल्सिना, हरिचन्द्र तिमल्सिनालगायतले महायज्ञलाई व्यवसायीक नभई धार्मक कार्यका लागि मात्रै आयोजना गर्नलागेको बताउनुभयो ।