हामीसँग जोडिनुहोस

एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दै

1 मिनेट

काठमाडौं,११ चैत ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दैछ । मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन एमालेले अभियान चलाउने भएको हो ।

जस अन्तर्गत आज चैत ११ गते सोमबार एकै दिन एकै समय देशैभरका ६ हजार ७४३ वडामा सचेतना कार्यक्रम गर्न लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडाहरूमा सभा, गोष्ठी र प्रदर्शन लगायतका चेतनामूलक कार्यक्रमहरू हुनेछन् ।
यसैगरी एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गर्ने एमालेले घोषणा गरिसकेको छ । चैत १८ गते नै ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा पनि आयोजना गर्दैछ । चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने घोषणा गरेको एमालेले बागमती प्रदेशको हकमा पछि कार्यक्रम गर्ने जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।