काठमाडौं,११ चैत ।
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान बमोजिम सुशीला मिश्र भट्ट प्रमुख रहेको विभागमा उज्ज्वल कोइराला, प्रेमचन्द्र राय, विजया श्रेष्ठ के.सी., मोहनजंग शाह, निरञ्जन कोइराला, कुमार लामिछाने, रमा के.सी., प्रेमलाल चौधरी, शेरबहादुर सार्की र दिलिप कार्कीलाई सदस्य मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।