हामीसँग जोडिनुहोस

कुलमान घिसिङ मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने

1 मिनेट

काठमाडौं,१२ चैत। 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्। सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले जानकारी दिए। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊिर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको थियोे । यद्यपि मन्त्रिपरिषद्कोे निर्णयबारे सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन्।

साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच विगत ९ महिनादेखि टकराव थियो। सरकारले घिसिङलाई कार्यसम्पादनलगायतका विषयमा स्पष्टीकरण मागेको थियो । घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले पदमुक्त गरेको हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।