भक्तपुर, १४ चैत : नयाँवर्ष २०८२ सालको अवसरमा भक्तपुरमा ‘नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/0८२’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आज भक्तपुरको सल्लाघारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहीँ चैत २८ गते बिहिबारदेखि २०८२ साल बैशाख ७ गतेसम्म ११ दिने महोत्सवको आयोजना गरिने भएको छ ।

पत्रकार सम्मेलनमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । कूल १५० भन्दा बढी स्टल रहने महोत्सवमा स्थानीय उत्पादन, घरेलु उत्पादन, र नगरपालिकाबाट आएका सिफारिसका आधारमा आएका स्थानीय उत्पादन तथा सीप एवं कलाका लागि निःशुल्क स्टलको व्यबस्था गरिएको छ ।
करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन एवं अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिने संस्थाका अध्यक्ष महतले बताउनभयो ।

औधोगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, प्रबिधि सम्बन्धी गतिबिधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं बिक्रीका लागि रहने उहाँको भनाई छ ।
उत्कृष्ठ बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको खेलौना, बिभिन्न प्रकारका खाना महोत्सव, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, फेशन ¥याम तथा नृत्यहरु, नृत्य प्रतियोगिता, बिभिन्न ख्याती प्राप्त कलाकारहेका बेजोड प्रस्तुतीले महोत्सवलाई थप आकर्षण बनाउनेछ भने महोत्सव अबिधीभर राष्ट्रियस्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको बजेट प्रस्तुती रहने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा महोत्सवमा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको महोत्सवको संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्ने महोत्सवलाई व्यबस्थित गर्न विद्यार्थीलाई रु. ५० र सर्वसाधारणलाई रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक, अपाङ्ग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क व्यबस्था गरिएको उहाँले बताउनुभयो । महोत्सवकै अवसरमा बैशाख ८ गते ख्याती प्राप्त गायक गायिकाको बेजोड प्रस्तती, बिभिन्न कलाकारहरुको कमेडीसहितको विशेष साँस्कृतिक कार्यक्रम हुने संयोजक थापाले बताउनुभयो ।
