हामीसँग जोडिनुहोस

 राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका बीच स्थगित,बैठक बिहीबार बस्ने

1 मिनेट

काठमाडाैं, चैत १३ गते । 

राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका बीच स्थगित भएको छ। उक्त बैठक बिहीबार १२:१५ मा बस्ने भएको छ।प्रमुख प्रतिपक्षी दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए।

आज दिउँसो १:१५ बजे सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो। पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरि समय परिवर्तन गरी आजै ३:४५ बजेका लागि तोकिएको थियो।

उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।