हामीसँग जोडिनुहोस

प्रहरीकै मिलेमतोमा अबैध बालुवा तस्करी, क्यान्सर अस्पतालको गेटमा उपप्रमुखको ताला

3 मिनेट
भक्तपुर, २० चैत : क्यान्सरको विरामीको उपचार गर्दै आएको चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकास्थित काठमाडौं क्यान्सर अस्पतालको मिलेमतोमा अबैध रुपमा बालुवा तथा माटो तस्करी गरेको पाईएपछि नगरपालिकाले अस्पतालको दोश्रो गेटमा ताला लगाईदिएको छ ।
अबैध तस्करी रोक्नु पर्ने प्रहरी र प्रशासनक मिलेमतोमा अस्पतालकै संलग्नतामा रातभरी अबैध रुपमा बालुवा, माटो तस्करी गरिरहेको स्थानीयले गुनासो गरेपछि मंगलबार (हिजो) राती चाँगुनारायण नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले आकस्मिक अनुगमन गर्नु भएको थियो ।
आज उपप्रमुख बुढाथोकीले राती गरेको अनगमनमा प्रहरीसमेतको मिलेमतो र क्यान्सर अस्पतालको सहयोगमा अबैध रुपमा बालुवा माटो खानी सञ्चालन गरि ओसारपसार गरेको पाईएपछि काठमाडौं क्यान्सर अस्पतालबाट पछाडि जाने गेटमा तालाबन्दी गरेको बताउनुभयो ।
उपप्रमुख बुढाथाकीले भन्नुभयो, “ ६ महिना अगाडि पनि अस्पताल पछाडि अनुगमनमा आएको थिएँ, ठूलो ढिस्को थियो, स्थानीयबाट रातभरी टिपरमा बालवा तस्करी हुने गरेको गुनासो आयो, त्यसैले राती अनुगमनमा आउँदा अस्पतालको गेट प्रयोग गरि अवैध तरिकाले माटो ओसारपसार गरिरहेको देखियो । अस्पताल पछाडिको पूरै ढिस्को सकिएछ, तस्करहरूले अस्पतालको पछाडि जाने दोश्रो गेट प्रयोग गरेर करिब तीन हजार टिपर बालुवा, माटो तस्करी गरेको पाइयो । त्यसैले अस्पताल पछाडि जाने गेटमा ताल्चा लगाएका हो ।”
राती करिब ९ बजे अस्पतालले गेटको ताल्चा खोलिदिने र रातभरि बालुवा माटो ओसार पसार गरे पछि बिहानीपख अस्पतालल् गेटमा ताला लगाउने गरेको पाईएको बताउदै उहाँले यसमा प्रहरीको समेत मिलेमतो रहेको उहाँले बताउनुभयो ।
ताथलीबाट भक्तपुरतर्फ आउँदा हनुमन्ते खोलामा प्रहरीको बिट नै रहेपनि प्रहरी र प्रशासनको मिलेमतोका कारण प्रहरीले कुनै पनि गाडी नियन्त्रण नगरी पठाउने गरेको समेत पाइएको छ । नगर प्रहरीले प्रहरी बिट नजिकै बालुवा, माटो बोकेको गाडी नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीले माथिको आदेश छ भनेर छाड्न निर्देशन दिएको समेत पाईएको उहाँले बताउनुभयो ।
उपप्रमुख बढाथोकीले आजै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई र जिल्ला प्रहरी परिसर भक्तपुरलाई अबैध बालुवा माटो ओसार पसार रोक्न नगरपालिकाले पत्र काटेर बताउनुभयो । उहाँले क्यान्सर अस्पतालाई आजै स्पष्टीकरण सोधेको बताउदै तस्करीमा संलग्न रहेका सबै निकायलाई कारबाही नगरी ताला नखोल्ने पनि बताउनुभयो । उहाँले बाँकी रहेको माटो, बालुवा अब नगरपालिकाले नै ठेक्का लगाउने तयारी गरेको समेत उहाँले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले यसअघि पनि ताथली क्षेत्रबाट बालुवा माटो तस्करी भएको नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसरलाई पटक पटक रोक्न आग्रह गर्दा अटेर गरेको बताउनुभयो । उहाँले जिल्लाको प्रहरी र प्रशासनको तस्करीलाइ पूर्ण रुपमा साथ रहेको जानकारी दिनुभयो ।
दैनिक सवारी साधनको चेकिङ गर्ने प्रहरीले रात परेपछि तस्करीलाई साथ दिदै अबैध माटो बालुवा सहज रुपमा ओसार पसार गर्न सहयोग गरेको भन्दै स्थानीयले यसवर्ष मात्रै ५० लाख भन्दा बढीको बालुवा, माटो प्रहरी प्रशासनकै मिलेमतोमा ओसार पसार भएको बताएका छन् । सिडिओ र प्रहरीमा पटक पटक जानकारी गराउँदा पनि कारबाही नभएको अबस्थामा नगरपालिकाका उपप्रमुखले तस्करी रोक्ने प्रयास गरेको स्थानीयको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।