
पोखरा, श्रावण २४ । डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुखसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नौ लाख रुपैयाँ नगदसमेत बरामद गरिएको छ । बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरिप्रसादको निवासमा जाने क्रममा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।