हामीसँग जोडिनुहोस

शिवपुराण महायज्ञको उद्घाटन,   धार्मिक पर्यटनको विकासले : उपप्रधानमन्त्री प्रकाशमान सिंह 

3 मिनेट
भक्तपुर, २ बैशाख : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक पर्यटनको विकास गर्दै पर्यटन व्यवसायमार्फत स्थानीयस्तरमा आर्थिक उन्नती गर्नु पर्ने बताउनु भएको छ । आज चाँगुनारायण नगरपालिका–८ कलमसीमा सुरु भएको शिवपुराण महायज्ञको उद्घाटन गर्दै उहाँले यहाँको सुन्दर गाउँ कलमसीलाई पनि धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउनु पर्ने बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर आजबाट सुरु भएको महायज्ञमा बोल्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “नगरकोटबाट नजिकै रहेको कलमसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । यस्तो ऐतिहासिक र रमणीय ठाउँ कसैलाई ज्ञान प्राप्ती गर्न, ध्यान गर्न उपयुक्त थलो हुन सक्छ । यो महायज्ञले यस ठाउँमा धार्मिक पर्यटनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।
सातवर्ष अगाडि यहीँ ठाउँमा  १०८ फिटको शिवजीको मूर्ति बनाउने लक्ष्यका आफैले शिलान्यास गरेको स्मरण गर्दै उहाँले कलममसीमा सुरु भएको शिवपुराण महायज्ञको उद्घाटन गर्ने अवसर पनि जुरेकाले लक्ष्य अनुसार काम सम्पन्न गर्न पनि आफूले हरेक कुरामा सक्दो सहयोग गर्ने बताउनुभयो ।  उहाँले काठमाडौंमा आउने पर्यटकलाई एयरपोर्टबाट ओर्लेर आनन्द लाग्ने ठाउँको खोजीमा सिधै यहीँ ठाउँमा आउने गरि मन्दिर र पार्कको विकास गर्नुपर्ने भन्दै उहाँले यसका लागि तीनै तहको सरकार र भक्तजन मिलेर सुरु गरेको कार्यलाई पूर्णता दिएर सम्पन्न गर्नुपर्ने मन्त्री सिंहले बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोटको काँखमा रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले यहाँको धार्मिक पर्यटन, कृषि पर्यटन, होमस्टे प्रबद्र्धनदेखि यहाँको समग्र विकासमा ठूलो टेवा पुग्ने बताउदै नगरकोट भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटकले एक पटक कल्पेश्वर महादेव मन्दिर क्षेत्रको अवलोकन गर्नु पर्ने बताउनुभयो ।
कलमसीमा बन्ने १०८ फिट अग्लो शिव मुर्ति निर्माणका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले १ लाख ८ हजार सहयोग गर्नु भएको छ । शिवको मुर्ति स्थापना भएपछि कलमसीको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै उपप्रमुख बुढाथोकीको उक्त रकम सहयोग गरेको बताउनुभयो ।
बुढाथोकीले नगरकोट आउने धार्मिक पर्यटकहरूको लागि यो एउटा सुन्दर गन्तव्य बन्न सक्ने बताउदै नगरकोट भ्रमण वर्ष २०८२ को अवसर पारेर लगाईएको महायज्ञले भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटक धार्मिक गतिविधिमा सहभागी हुन मौका मिल्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले शिव तान्त्रिक र स्थानीयबाट विश्वकै पहिलो १०८ फिट अग्लो शिवको बसेको मूर्ती बनाउने काम सुरु भएको बताउदै मूर्ति बनाउन लाग्ने करिब दुई करोडको खर्च महायज्ञबाट संकलन गर्ने लक्ष्य राखेको बताउनुभयो ।
उहाँले महायज्ञमा लाग्ने सम्पूर्ण खर्च स्थानीयस्तरमा बनेको महायज्ञ आयोजक समितिले सहयोग रकम संकलन गरेर खर्च गरिने बताउदै दाता र भक्तजनबाट आएको कुनै पनि रकम खर्च नगरी मूर्ति निर्माणमा लगाईने बताउनुभयो । महायज्ञ १३ दिनसम्म चल्ने छ भने महायज्ञबाट दुई करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।