==============================================
नगर प्रमुख खत्रीले भ्रमण वर्षको एक वर्षमा पर्यटक लक्षित कार्यक्रम र दीर्घकालिन रुपमा नगरकोटको बिकास र सम्बृद्धिको यात्रा तय गर्दै नगरकोट र यो संग सिमाना जोडिएका सबै पालिकाको समग्र विकासमा यसले टेवा पर्याउने उहाँले बताउनुभयो भ्रमण वर्षले नगरकोटको मात्रै नभइ सबै चारवटै पालिकाको लुकेका सयौ विषय र संरचनालाई उजागर गर्नेसमेत बताउनुभयो ।
==============================================
-रमेश गिरी
भक्तपुर, ३ बैशाख : पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्रयाउने र विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापित गर्न उदेश्यले बैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ मा दुई दिनमै एक लाख पर्यटकको आगमन भएको छ ।
नयाँवर्षको दिन बैशाख १ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको भ्रमण वर्षको अवसरमा पहिलो दिन नै ५० हजारभन्दा बढी पयएटकको आगमन भएकोमा आज बिहानसम्म नगरकोटमा एक लाख भन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “‘नगरकोट भ्रमण वर्ष–२०८२’ भ्रमण वर्षको सुरुमै पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित हुनु भएको छ । गत चैत अन्तिम दिन कुनै पनि होटलको रुम खाली थिएन, होमस्टे समेत भरिएका थिए । बैशाख १ गते एकै दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो । आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।”
‘नगरकोट भ्रमण वर्ष–२०८२’ को उद्घाटन स्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानेकुरादेखि घरेलु उत्पादनहरुको बिक्री भइरहेको छभने बैशाख २ गते सोही स्थानमा इन्द्रेणी साँस्कृतिक समूहले भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
आज तेश्रो तथा उद्घाटन कार्यक्रमको समापनको दिन गायक प्रकाश सपुत र स्थानीय साँस्कृतिक समूहको बेजोड प्रस्तुती रहेको छ । साँस्कृतिक कार्यक्रममा नै २५ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष एवं चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात आउँदो चैत मसान्तसम्म सञ्चालन हुने जानकारी दिदै नगर प्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, वनेपा र शखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको भ्रमण वर्षको सुरुवातनै पूर्ण रुपमा सहफता भएको बताउनुभयो ।
नगरकोट आएका हजारौ पर्यटकहरुले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँको बिभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेको बताउनुभयो । उहाँले नगरकोटमा उद्घाटनका तीन दिनमा एक लाख स्वदेशी तथा विदेशी पर्यटकलाई भित्रयाउने उदेश्य रहेकोमा त्या उदेश्य पुरा भएको भन्दै एक वर्षमा ११ लाख पर्यटकलाई नगरकोट ल्याउने र पर्यटनको विश्व बजारमा नगरकाटलाई चिनाउने उहाँले बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, ‘‘नगरकोट भ्रमण वर्ष–२०८२’ सुरु भएको आज तेश्रो दिन आज उद्घाटन सत्रको समापन हुनेछ । पहिलो दिनमै हजारौ पर्यटकले नगरकोट भरिदाँ यहाँको रौनक बढाएको छ । भ्रमण वर्षले नगरकोटको मात्रै नभई चारवटै पालिकाका सबै क्षेत्रमा आर्थिक सम्बृद्धिको बढाउने छ । यो भ्रमण वर्षले देशकै आर्थिक विकासमा टेवा पुर्याउछ ।’
भ्रमण वर्षको क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रीत संयुक्त प्रत्येक महिनामा कम्तीमा एक वटा पर्यटक लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरपालिकाहरुमा पनि पर्यटकीय गन्तव्य बनाउने गरि थप कार्यक्रमहरु वडास्तरबाटै संचालन हुने उहाँले बताउनुभयो ।
भ्रमण वर्षले चारवटै पालिकाको सम्पूर्ण क्षेत्रको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, बिभिन्न जातीय चाँडपर्व, यहाँका उत्पादनलगायतकाबारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटकको बिकास गर्ने उदेश्यलाई भ्रमण वर्ष पुरा गर्ने विश्वास लिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “ भ्रमण वर्षको एक वर्षमा पर्यटक लक्षित कार्यक्रम र दीर्घकालिन रुपमा नगरकोटको बिकास र सम्बृद्धिको यात्रा तय गर्दै नगरकोट र यो संग सिमाना जोडिएका सबै पालिकाको समग्र विकासमा यसले टेवा पर्याउने उहाँले बताउनुभयो भ्रमण वर्षले नगरकोटको मात्रै नभइ सबै चारवटै पालिकाको लुकेका सयौ विषय र संरचनालाई उजागर गर्नेसमेत बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकील नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई यहाँका वडा नं. १ देखि ९ सम्मका सम्पदामा पर्यटकलाई पुर्याउने र यहाँका सबै पर्यटकीय गन्तव्यलाई देश र विदेशमा प्रचार गर्नेगरि भ्रमण वर्ष सफल पार्ने बताउनुभयो ।
उहाँले नगरकोटसंगै चाँगुनारायण नगरपालिकाका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने, त्यसलाइ संरषण गर्ने, विकास गर्ने र नगरकोट आउँने पर्यटक चाँगुनारायणका वडावडामा नयाँ गन्तव्यको रुपमा विकास भएका पर्यटकीय क्षेत्रमा पुर्याउने, नगरकोटसंग सिमाना जोडिएका पालिकाका पर्यटकीय क्षेत्रमा पर्यटकलाई पुर्याउने, यहाँका पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्ने, दीर्घकालिन योजना तयार गर्ने, र पर्यटकको बसाई लम्ब्याउने गरि भ्रमण वर्ष शुभारम्भ भएको बताउनुभयो ।
उहाँले भ्रमण वर्ष अबधीभर यहाँ आउने पर्यटकलाई नगरकोटको साथै भक्तपुर, काभ्रको मण्डन देउपुर, बनेपा, काठमाडौंको शंकरापुर नगरपालिकाका होटल एवं यहाँका होमस्टेहरुमा सुविधायुक्त रुपमा खान र बस्ने व्यबस्थापन गरिएको बताउनभयो ।
नगरकोट पुग्ने सबै सडकहरु स्तरोन्नती गरेको, चारवटै पालिकाबाट सहजै नगरकोट पग्ने व्यबस्था गरेको, काठमाडौ नगरकोट सिधा बस सञ्चालन गरेको, नगरकोटलाई सिंगारिएर झकिझकाउ बनाएको बताउदै भ्रमण वर्षले पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको बताउनुभयो । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी नविन लामाले नगरकोट आउने पर्यटकलाई एकवर्षसम्म खान र बस्न १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यबस्था गरेको बताउनुभयो ।