हामीसँग जोडिनुहोस

चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहिकरण सम्बन्धि तालिम सम्पन्न

2 मिनेट

भक्तपुर, ९ बैशाख । चाँगुनारायण नगरपालिकाको समन्वयमा आइसेट नेपाल र डिसिए नेपालको प्राविधिक सहयोगमा “विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलनलाई स्थानीय तहमा मूलप्रवाहिकरण सम्बन्धि क्षमता अभिवृद्धि तालिम“ नगरपालिकाको तालिमहलमा आज सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका बन, वातावरण र विपद् व्यवस्थापन समितका संयोजक एवं वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा कार्यपालिका सदस्य पूजा वर्देवा, वडा ९ नं का वडा सदस्य रविन बासुकला, ५ नं वडाका वडा सदस्य प्रभुराम थापा, वडा नं १ कि सदस्य मुना गुरुङ्ग, विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापा, ९ वटै वडाका वडास्तरिय विपद् व्यवस्थापन समितिका सचिव एवं वडा सचिवहरु, विभिन्न शाखाका कर्मचारीहरु गरी ३५ जनाको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय सरकारको प्राविधिक तथा संस्थागत क्षमता अभिवृद्धि गर्नु रहेको थियो । तालिमले सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन तथा अनुकुलन सम्बन्धी आधारभूत अवधारणादेखि लिएर जोखिम पहिचान, मूल्याङ्कन, जोखिम नक्सांकन, तथा जलवायु अनुकूल योजना निर्माणसम्मका व्यावहारिक सीपहरू प्रदान गरिएको थियो ।

तालिममा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा अनुकुलनलाई स्थानीय नीति, योजना तथा बजेट प्रणालीमा समावेश गर्ने प्रक्रियागत र प्राविधिक विषयहरूमा समेत विशेष जोड दिइएको थियो। सहभागीहरूलाई नीति निर्माणमा समावेशी दृष्टिकोण अपनाउँदै, महिला, दलित, अपांगता भएका व्यक्ति तथा जोखिममा परेका समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक उपायहरूबारे पनि जानकारी गराइएको थियो।

चाँगुनारायण नगरपालिकाका वन तथा वातावरण संयोजक सोम प्रसाद प्रधानले तालिमलाई स्थानीय सरकारका लागि अत्यन्त सान्दर्भिक र व्यावहारिक भएको बताउँदै यस्ता कार्यक्रमले स्थानीय तहको दीर्घकालीन नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

तालिमको समापन सत्रमा सहभागीहरूले सिकाइका महत्वपूर्ण पक्षहरूमाथि विचार आदानप्रदान गर्दै यस्ता कार्यक्रमलाई अझ सशक्त र निरन्तर रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याउनुभएको थियो । १ दिने प्रशिक्षणमा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापा तथा परामर्शदाता दिपक मरहठले सहजिकरण गर्नुभएको थियो । आइसेट नेपालका कार्यक्रम संयोजक अशोक महर्जन, फिल्ड अधिकृत भरत ढुंगाना र नगरपालिकाका कार्यक्रम सहायक सञ्जय अवालको पनि सहभागिता रहेको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।