हामीसँग जोडिनुहोस

शहरी स्वास्थ्य केन्द्र उद्घाटन

2 मिनेट

रमेश गिरी
 २४ श्रावण भक्तपुर। सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को संगमस्थल घ्याम्पेडाडामा आज शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।
प्रदेश नं. ३ सरकारको रु. १० लाख र सूर्यविनायक नगरपालिकाका रु. १० लाख गरि कूल रु. २० लाखको लागतमा निर्माण सम्पन्न भएको केन्द्रको आज प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको हो ।
सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउदै सांसद बस्नेतले शहरी स्वास्थ्य केन्द्रलाई गाउँ गाउँमा बिस्तार गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो–“यो क्षेत्र पर्यटकीय आकर्षकको केन्द्र हो, यहाँका बासिन्दा र पर्यटकलाई समेत स्वास्थ्य सेवा दिनु आवश्यक रहेको बेलामा संचालनमा आएको शहरी स्वास्थ्य केन्द्रले यहाँका बासिन्दालाई स्वास्थ्य उपचारमा निकै राहत पुग्छ ।”
विगतमा निकै बिकट मानिने सिपाडोल, घ्याम्पे डाँडा, रानीकोट, आशापुरी, काक्राबारी लगायतका यी क्षेत्रहरुमा विकासले मुहार फेर्न थालेको बताउदै सांसद बस्नेतले अबको तीन वर्षमा सिंगो भक्तपुरले हरेक क्षेत्रमा विकासमा लहर आउँने भनाई राख्नुभयो । अबको वर्ष भक्तपुरको विकासको वर्ष भएको बताउदै उहाँले सडक, खानेपानी, ढल लगायत ठूला आयोजनाका भौतिक संरचनामा समेत विकासले फड्को मार्ने भनाई राख्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अब सूर्यविनायकको वडा वडामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरिने, गाम्चामा २५ शैयाको अस्पताल निर्माण गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले वडा वडामा रहेका स्वास्थ्य केन्द्रमा समेत ल्याबदेखि सामान्य उपचारहरु सुरु गरेको बताउदै सेवाहरुलाई विस्तार गर्र्दै लैजाने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेतले गत चुनावमा एमालेले स्वास्थ्य सेवालाई गाउँ गाउँमा पुर्याउने भन्दै गरेको घोषणा पुरा गर्न थालेको दाबी गर्नुभयो ।
त्यसअवसरमा वडा नं. ८ का वडा अध्यक्ष किरण थापा नगरपालिकाले यहाँसंगै दधिकोटको तर्खगाल, सिपाडोलको काक्राबारी, चित्तपोलको सल्लाघारीमा पनि शहरी स्वास्थ्य केन्द्रलाई विस्तार गर्न भौतिक संरचनाहरु निर्माण गरिरहेको बताउनुभयो ।
एक जना स्वास्थ्य सहायक, एक जना अनमी र एक जना कार्यालय सहयोगी सहित तीनजनालाई नगरपालिकाले करार सेवामा नियुक्ती गरि सेवा संचालन गरेको वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले विगतमा सामान्य खोप लगाउन पनि दुई घण्टा हिडेर जानुपर्नेमा अब दैलोमा सेवा पाउने भएको बताउनुभयो ।
उक्त स्वास्थ्य केन्द्रमा गर्भवती जाँच, खोप सेवा, ड्रेसिङ्ग सेवा, सामान्य उपचार सेवा, परिवार नियोजन सेवा, स्वास्थ्य शिक्षा, क्षयरोग नियमित औषधि सेवन सेवा, स्कुल स्वास्थ्य शिक्षा लगायत बिभिन्न सेवाहरु संचालन भएको नगरपालिकाको स्वास्थ्य सेवा शाखाका बसन्तप्रकाश चापागाईले जानकारी दिनुभयो ।  केन्द्र संचालनमा आएपछि गुण्डु, सिपाडोलका सिलामगाल, धोवीखोला, रानीकोट, पाटी भञ्याङ्ग, आशापुरी, काभ्रेको र्याले लगायतका बासिन्दालाई अब सहज हुने जिल्ला जनस्वास्थ्य केन्द्रका प्रमुख पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।