
काठमाडौं,११ वैशाख।
सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
बैठकमा संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने बताए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले पछिल्ला विकशित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।