हामीसँग जोडिनुहोस

राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने

2 मिनेट

काठमाडौं,११ वैशाख।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक सम्पन्न भएको छ ।  बिहीबार कमल थापाको अध्यक्षतामा बसेको बैठकले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने लगायतका विभिन्न पाँच वटा निर्णयहरु गरेको छ ।

नेपालको संविधानको प्रस्तावना लगायत संविधानको धारा २७४ विपरीत जनताको सार्वभौम अधिकार र निर्णायकत्व कुण्ठित गर्ने गरी सरकारले विद्यमान फौजदारी कानुनमा संशोधन गर्न लागेको प्रति राप्रपा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनताको नैसर्गिक अधिकार, संवैधानिक हक तथा निर्णायकत्वको रक्षाका निम्ती सशक्त आवाज उठाउन र भ्रष्ट सरकारको तानाशाही अभिष्ट पुरा हुन नदिन लोकतन्त्रवादी दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र आम संचारमाध्यमलाई राप्रपा नेपालले आह्वान समेत गरेको छ ।

बैठकले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको बिशाल जनप्रदर्शनबाट धैर्य, संयमता गुमाएर विचलित भएको वर्तमान सरकारले जनताको आवाज र अधिकारलाई कुण्ठित गर्ने गरी धवल शम्शेर राणा, रविन्द्र मिश्र, दुर्गा प्रसाई, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, सन्तोष सिलवाल, आशिष तामाङ, मनोज सापकोटा, लगायत पचासौं व्यक्तिहरूलाई आस्थाको बन्दी वनाई थुनामा राखेको भन्दै तत्काल रिहा गर्न  सरकारसँग माग समेत गरेको छ ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ,एकातिर हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति अनुकूल वातावरण बनेको तथा अर्को तर्फ गणतन्त्र पक्षधर शक्तिहरू ध्रुविकृत भई राष्ट्रवादी शक्तिहरू माथि आक्रमण हुन लागेको वर्तमान अवस्थामा सम्पूर्ण राष्ट्रवादी, राजावादी, हिन्दुवादी र प्रजातन्त्रवादी दल र समुहहरु एकतावद्ध हुनु अनिवार्य भएको छ। जिल्लाहरूमा ’संयुक्त जनआन्दोलन समिति’ गठन गर्न र आन्दोलनको तयारीमा जुट्न समेत पार्टीका सबैतहलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

बन्दीहरूको तत्काल रिहाइ एवं गणतन्त्रको विरोध गर्न नपाइने गरी संविधान विपरित जनताको अधिकार कुण्ठित गर्न तयार गरिएको ऐन संशोधन फिर्ता लिन माग गर्दै राप्रपा नेपालले यही बैशाख १५ गते सोमवार काठमाडौंमा जनप्रदर्शन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

उक्त जनप्रदर्शनमा सहभागी हुन सम्पूर्ण राष्ट्रवादी, राजावादी, हिन्दुवादी र प्रजातन्त्रवादी समुह, दल र व्यक्तिहरूमा आग्रह समेत गरेको छ ।

भारत जम्मु कश्मिरको पहलगाममा आतंककारीहरूले नेपाली नागरकि सन्दिप न्यौपानेसमेत २६ जनाको बर्बरतापूर्ण आतंककारी घटनाको राप्रपा नेपाल घोर भत्सर्ना र निन्दा समेत गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।